विपत्तिको मारमा जलविद्युत आयोजना, दुई अर्ब ३१ करोड बराबर नोक्सान

<span class='c1'>विपत्तिको मारमा जलविद्युत आयोजना, दुई</span> <span class='c2'>अर्ब ३१ करोड बराबर नोक्सान</span>

काठमाडौं । निरन्तर परेको वर्षाले विभिन्न डेढ दर्जन बढी जलविद्युत आयोजनाहरुमा क्षति पुर्याएको छ ।

बाढी र पहिरोका कारण निजी क्षेत्रका २० वटा आयोजनामा क्षति पुर्याएको छ । ती जलविद्युत आयोजनामा २ अर्ब ३१ करोड रुपैयाँ बराबरको क्षति पुगेको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) ले जनाएको छ ।

इप्पानका अनुसार सबैभन्दा धेरै मान्डु हाइड्रोपावरद्वारा प्रवद्र्धित २२ मेगावाटको बागमती साना जलविद्युत आयोजनामा पुर्याएको छ ।
मकवानपुरमा रहेको उक्त आयोजनामा पावर हाउस पूर्ण रुपमा डुबेको छ भने बाँध क्षेत्रमा क्षति पुर्याएको छ । सो आयोजनामा करिब एक अर्ब रुपैयाँ बराबरको क्षति भएको हो ।

माउन्टेन हाइड्रो नेपालद्वारा प्रवद्र्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजनामा २५ करोड रुपैयाँ बराबरको क्षति पुर्याएको छ ।
उक्त आयोजनाको पावर हाउस डुबानमा परेको गरेको छ । सो आयोजना गत वर्षको बाढीले पनि क्षति पुर्याएको थियो । सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजनामा करिव ५ करोड र ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजनामा करिब ७ करोड रुपैयाँ बराबर क्षति भएको इप्पानले जनाएको छ ।

यस्तै, फेमे खोला जलविद्युत आयोजना १ मेगावाट, पाँचथर, (बाँध र विद्युतगृह पूर्ण रुपमा क्षति) करिब १० करोड रुपैयाँ, ५ मेगावाटको सिउरीखोला जलविद्युत आयोजनामा करिव दुई करोड, माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना (२१६ मेगावाट, नुवाकोट) करिब १० करोड रुपैयाँ, हेवाखोला जलविद्युत आयोजना ५ मेगावाट(प्रस्तावित ९.९ मेगावाट) १० करोड, सभाखोला बी जलविद्युत आयोजना (१५.१ मेगावाट)मा ७ करोड, सभाखोला सी जलविद्युत आयोजनामा ३ करोड, लान्द्रुक मोदी जलविद्युत आयोजनामा ८ करोड, सुपर त्रिशूली जलविद्युत आयोजनामा २५ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

खानीखोला जलविद्युत आयोजना, २ मेगावाट, ललितपुर, पावर हाउस डुबेको, प्रसारणलाइनको टावर ढलेको, स्वीचयार्डमा क्षति, ड्याम र हेडरेस टनेलमा क्षति, पहुँचमार्ग धेरै ठाउँमा क्षतविच्छेद । करिब १० करोड रुपैयाँ बराबरको क्षति । टुङ्गुन ठोस्ने जलविद्युत आयोजनामा करिब १५ करोड, माया खोलामा २ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

यता, लाङटाङ खोला जलविद्युत आयोजनामा वा । बाँध, क्याम्प हाउस र पहुँचमार्गमा ठूलो क्षति भएको छ । क्षतिको रकम एकिन हुन बाँकी छ ।
पाँचथर पावरद्वारा प्रवद्र्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजना, साहस ऊर्जाद्वारा प्रवद्र्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजनाको भने क्षति एकिन हुन बाँकी रहेको इप्पानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्