बाढी पहिरोमा ज्यान गुमाएकालाई कोशी प्रदेश सरकारले राहत दिने

<span class='c1'>बाढी पहिरोमा ज्यान गुमाएकालाई कोशी</span> <span class='c2'>प्रदेश सरकारले राहत दिने</span>

विराटनगर । अविरल वर्षासँगै आएको बाढी, पहिरोमा ज्यान गुमाएकाहरुको परिवारलाई कोशी प्रदेश सरकारले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रदेश विपत् कार्यकारी समितिको आइतबार बसेको बैठकले प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाहरुको परिवारलाई तत्काल जनही एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता विश्वदीप बेश्राले जानकारी दिए ।

उनका अनुसार प्रदेश सरकारले पूर्ण क्षति भएका घरहरूको लागि ५० हजार, आंशिक क्षति भएका घरहरूको लागि ३० हजार र सामान्य क्षति भएका घरहरूका लागि १५ हजार रुपैयाँ उपलब्ध गराउने गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयको सिफारिस बमोजिम राहत उपलब्ध गराउने उनले बताए ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्