बाढी–पहिरो पीडितका लागि एमालेले ५० लाख जम्मा गर्ने

<span class='c1'>बाढी–पहिरो पीडितका लागि एमालेले</span> <span class='c2'>५० लाख जम्मा गर्ने</span>

काठमाडौं । नेकपा एमालेले बाढी तथा पहिरो पीडितहरुलाई राहत दिन सरकारी कोषमा ५० लाख जम्मा गर्ने भएको छ ।

मंगलबार बसेको पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेका पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उनले भने, ‘राज्यको तर्फबाट एक अरब छुट्याउने काम गरिसकेको छ । त्यसमा पनि पार्टी कोषबाट ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ ।’
यस्तैगरी उनले विपत्तिमा परेकाहरुको राहत र उद्धारमा पार्टी पँक्तिलाई खटाईएको र त्यसलाई निरन्तरता दिने पनि निर्णय भएको बताए ।

त्यस्तै, प्रतिनिधिसभा सदस्यहरुबाट पनि कोषमा सहयोग गर्नका लागि आग्रह गर्ने निर्णय भएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्