ओलीले गराए अमेरिका भ्रमणका उपलब्धि बारे जानकारी

<span class='c1'>ओलीले गराए अमेरिका भ्रमणका</span> <span class='c2'>उपलब्धि बारे जानकारी</span>

काठमाडौं । एमाले संसदीय दलको बैठकमा प्राकृतिक विकृत्ति बाढी, पहिरो र डुबानबाट भएको क्षतिको सन्दर्भमा छलफल भएको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकमा बाढी पीडितहरुलाई राहतको व्यवस्था गर्ने र उनीहरुको पुर्नस्थापना गर्ने सन्दर्भमा छलफल भएको सांसद् सुनिता बरालले बताइन् ।

उनले भनिन्, ‘आज २१ औँ बैठक थियो । हामी आकस्मिक रुपमा बसेका हौं । मुलतः आज प्राकृतिक विपत्ति बाढी, पहिरो र डुबानबाट भएको क्षतिको सन्दर्भमा छलफल भयो । बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले अमेरिका भ्रमणबारे जानकारी दिनुभयो । उहाँ अमेरिका जानुअघि सरकारले ल्याएका कार्यक्रमहरुमा प्रतिबद्ध भएर अगाडि बढ्न भन्नुभएको छ ।’बैठकबाट मुलतः बाढीपीडितहरुका सन्दर्भमा राहतको व्यवस्था गर्ने र उनीहरुको पुर्नस्थापना गर्ने, समस्या भएका ठाउँहरुमा सरकारको तर्फबाट प्रभावकारी ढंगबाट जनप्रतिनिधिको रुपमा कहाँ सहयोग गर्न सकिन्छ भन्ने विषयमा सबैमा आह्वान गर्दै डटेर अगाडि बढ्ने निर्णय गर्यो । ’ बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता ओलीले अमेरिका भ्रमण बारे जानकारी गराएका छन् ।

यस्तै एमालेका तर्फबाट सबै संस्था र नागरिक समाजलाई दुःखको बेला सहयोग गर्न आह्वान गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्