डुबान र हिलाम्मे पार्टी कार्यालयको अवलोकनमा पुगे प्रधानमन्त्री

<span class='c1'>डुबान र हिलाम्मे पार्टी</span> <span class='c2'>कार्यालयको अवलोकनमा पुगे प्रधानमन्त्री</span>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) को च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा हालैको बाढीबाट भएको क्षतिको स्थलगत अवलोकन गरेका छन् ।

एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज सिंहदबारमा सो दलको संसदीय दलको बैठकपछि पार्टी केन्द्रीय कार्यालय पुगेर अवलोकन गरेका हुन् ।
अविरल वर्षा र बाढीका कारण सो दलको भुँइ तलामा पूर्णत डुबान भएको छ भने परिसर हिलाम्मे भएको छ ।

बाढीका कारण उक्त तलामा रहेका उपकरण र महत्वपूर्ण सामग्री ध्वस्त भएको छ । दलको कार्यालयमा अहिले सरसफाइको क्रम सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्