राष्ट्रपति पौडेलद्धारा शीतल निवासमा घटस्थापना

<span class='c1'>राष्ट्रपति पौडेलद्धारा शीतल</span> <span class='c2'>निवासमा घटस्थापना</span>

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँको पहिलो दिन वैदिक विधिपूर्वक विश्व शान्ति र नेपाली जनताको समृद्धिको संकल्पसहित शीतल निवासमा घटस्थापना गरेका छन् ।

राष्ट्रकल्याण र सम्पूर्ण नेपाली जनताको उन्नति र सुखी जीवनका लागि पूजासहित जमरा राखेको उनको सचिवालयले जनाएको छ ।

बिहान ९ बजेर १६ मिनेटको शुभ साइतमा नवदुर्गाको प्रतीकका रुपमा कलश स्थापना गरी दियो र गणेशको पूजा गरेर राष्ट्रपति पौडेलले जौँ (यव) छरेको बताइएको छ । आज छरिएको जमरा विजयादशीका दिन देवी विसर्जन गरेपछि दुर्गा भवानीको प्रसादका रुपमा मान्यजनको हातबाट ग्रहण गरिने परम्परा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्