टेन्ट मुनि सुटिङ खेल, धुलो मैदानमा क्रिकेट

<span class='c1'>टेन्ट मुनि सुटिङ खेल,</span> <span class='c2'>धुलो मैदानमा क्रिकेट</span>

बिराटनगर पुस १० , पुर्वाञ्चलमा सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भए पनि उचित व्यवस्थापन तथा प्रचार अभावमा आमजनतालाई यस्ले तान्न सकेको छैन । शनिबार आवर बिराटनगर डट नेटको टिम खेल रिपोर्टिङका लागि बिराटनगर पुष्पलाल चोकदेखी अलिक अगाडि रहेको बैजनाथपुर पुग्यौं । त्यहाँ कुल ३ वटा खेलहरु चलिरहेका थिए । धुलो मैदानमा म्याट ओछ्याएर राष्ट्रिय खेलाडी सहितको क्रिकेट , टेन्टको मुनि सुटिङ खेल र लन टेनिस खेल । राष्ट्रिय स्तरको प्रतियोगितामा फितलो व्यवस्थापन देखेर त्यहाँ खेल हेर्न जाने सबैको मन खिन्न हुन्छ ।

[caption id="attachment_27742" align="alignnone" width="800"]हाल भित्र खेल भैरहेको अवस्थामा बाहिर काम जारी हाल भित्र खेल भैरहेको अवस्थामा बाहिर काम जारी[/caption]

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सहित धुलो मैदानमा , म्याट ओछ्याएर क्रिकेट खेलिरहेका थिए । खेलाडीले मैदानको कारण खेल खेलिरहदा धेरै समस्या भोग्नुपरेको प्रस्टै देखिन्थ्यो । क्रिकेट खेल चलिरहदा मैदानमा उडेको धुलो कम गर्न पानीको पाइप सहित आयोजक टोली हरदम तयार थियो । क्रिकेट हेर्न दर्शकलाई मात्र एउटा प्याराफिटको कारण दर्शक खेलको मज्जा लिन पाइरहेका थिएनन् । यता सुटिङ खेलको खेल स्थलको अवस्था त झनै नाजुक थियो । भित्र सुटिङ खेल चलिरहदा बाहिर त्यस हलमा प्लास्टर गर्ने काम जारी थियो ।

khel3हलमा छत थिएन , पाल लगाइएको थियो । अझ खेलाडीहरुलाई नास्ताको लागि सानासाना पसल बाहेक कुनै व्यवस्था देखिदैन थियो । राष्ट्रिय खेलाडी तथा खेल आयोजकहरु पनि धुलोमा पाकिरहेको खाना नै खाइरहेका देखिन्थे । अझ मैदानमा शौचालय त अझ नाजुक थियो । "यस्तो पनि राष्ट्रिय खेलकुद प्रतियोगिता हुन्छ र?" पथरीबाट खेल हेर्न विराटनगर सम्म आएका पुकार राईले आक्रोश पोखे ।

[caption id="attachment_27743" align="alignnone" width="800"]खेलाडीको नास्ता पसल खेलाडीको नास्ता पसल[/caption]

३ वर्षदेखि रोकिएको राष्ट्रिय खेलकुद अहिले हुदा पनि अझै पुर्वाधार नबनेको देख्दा जोकोही खेलप्रेमीको मन निराश हुनु स्वभाविक हो । राष्ट्रिय स्तरको प्रतियोगिताको यस्तो हाल छ भने कसरी देशमा अन्य प्रतियोगिता संचालन हुने ? खेलाडी कसरी उत्पादन गर्ने यस्तै व्यवस्थापन तथा पुर्वाधारले ? विराटनगरका खेल मैदानको हाल यस्तो छ भने अझ अन्य ठाउँमा कस्तो होला हाल ? अझ कति वर्ष पर्खिनुपर्ने हो यी सबै थोकको लागि ??

[caption id="attachment_27744" align="alignnone" width="800"]टेन्ट मुनि सुतिंग खेल जारी टेन्ट मुनि सुतिंग खेल जारी[/caption]

[caption id="attachment_27745" align="alignnone" width="800"]मैदानमा शौचालयको अवस्था मैदानमा शौचालयको अवस्था[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्