विराटनगरको काया स्किन एण्ड लेजर क्लिनिकको आकर्षक ‘दशैं तिहार मेघा अफर’

<span class='c1'>विराटनगरको काया स्किन एण्ड लेजर क्लिनिकको</span> <span class='c2'>आकर्षक ‘दशैं तिहार मेघा अफर’</span>

विराटनगर । विराटनगरको ट्राफिक चोकमा रहेको काया स्कीन एण्ड लेजर क्लिनिकले 'दशैं तिहार मेघा अफर' ल्याएको छ।

क्लिनिकले असोज ९ गतेदेखि कात्तिक १४ गतेसम्मका लागि अफर संचालनमा ल्याएको हो।

काया स्कीन एण्ड लेजर क्लिनिककी संचालिका निर्जना पराजुलीले जानकारी दिए अनुसार, क्लिनिकले दिने केही सेवा सुविधामा ३० प्रतिशतसम्म छुट र केही नि:शुल्क सेवाहरु पनि दिईरहेको छ ।

क्लिनिकले प्रदान गर्ने सेवाहरूमा लेजर हेयर रिमोभल, ट्याटु रिमोभल, कार्बन लेजर/केमिकल पिल, ओपीडी कन्सलटेसन, हाइड्रा फेसियल, बोटोक्स एन्ड पिआरपी/जिएफसी लगायतका उपचारहरू समावेश छन्। यी सबै सेवाहरू अनुभवी चिकित्सक र प्रशिक्षित कर्मचारीहरूद्वारा प्रदान गरिन्छ। डाक्टरको परामर्श लिदा स्किन र हेयर रिमोभलमा लगायतका परामर्शमा नि:शुल्क लिन सकिने काया स्कीन एण्ड लेजर क्लिनिकले जनाएको छ।

पराजुलीले थप बताए अनुसार, "हामी यस चाडपर्वको अवसरमा हाम्रा ग्राहकहरूलाई विशेष सुविधा दिन चाहन्छौं। यो अफरले धेरै व्यक्तिहरूलाई उच्च गुणस्तरको स्किन केयर सेवा प्राप्त गर्ने अवसर दिनेछ भन्ने हाम्रो विश्वास छ।"

यस अफरको फाइदा लिन इच्छुक व्यक्तिहरूले क्लिनिकमा सिधै सम्पर्क गर्न सक्नेछन् क्लिनिकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्