विराटनगरमा ‘विराट सडक महोत्सव २०८१’ सुरु,प्रवेश नि:शुल्क

<span class='c1'>विराटनगरमा ‘विराट सडक महोत्सव</span> <span class='c2'>२०८१’ सुरु,प्रवेश नि:शुल्क</span>

विराटनगर । विराटनगरको हिमालय रोडमा 'विराट सडक महोत्सव २०८१' बिहीबारदेखि सुरु भएको छ।

मञ्जिना मुभिज क्रिएशनद्वारा आयोजित यो महोत्सव असोज २३ गतेसम्म चल्ने छ।

महोत्सवमा विभिन्न समुदायका पारम्परिक खानाका ३० वटा स्टलहरु राखिएको छ। प्रवेश नि:शुल्क रहेको आयोजक समितिले जनाएको छ।

मञ्जिना मुभिज क्रिएशनका अध्यक्ष जतिन ताम्राकारका अनुसार, "दैनिक सांगीतिक कार्यक्रमहरु आयोजना गरिएका छन्। स्थानीय स्मृती ब्याण्ड, अन्नातम ब्याण्ड, सुभम न्यौपानेको एकल प्रस्तुती र डान्सी आइडल प्रतियोगिता संचालन हुँदैछ।"

महोत्सवको पहिलो दिनमै हजारौं दर्शकहरूको उपस्थिति रहेको थियो। आयोजकहरूले बाँकी दिनहरूमा अझ बढी सहभागिताको अपेक्षा गरेका छन्। सुरक्षाका उचित प्रबन्धहरू र स्वास्थ्य सावधानीहरू अपनाइएको जानकारी दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्