ताप्लेजुङमा बाम्फोक प्रहार गरी बाबुको हत्या गर्ने छोरा पक्राउ

<span class='c1'>ताप्लेजुङमा बाम्फोक प्रहार गरी बाबुको</span> <span class='c2'>हत्या गर्ने छोरा पक्राउ</span>

ताप्लेजुङ । ताप्लेजुङको मिरिङ्देन गाउँपालिका-१ ओख्रेका ३२ बर्षीय सुमन ओख्रावु लिम्वुले आफ्नै बाबुलाई बाम्फोक प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

असोज १७ गते बिहान घरायसी वाद बिवादको क्रममा ५५ वर्षीय श्याम ओख्रावु लिम्बूलाई उनकै छोरा सुमन ओख्रावु लिम्बूले धारिलो हतियार बाम्फोक प्रहार गर्दा घटना स्थलमा नै मृत्यु भएको थियो ।

घटनाको जानकारी प्राप्तहुना साथ तत्काल प्रहरी चौकी सान्थाक्राबाट खटिएको प्रहरी टोलीले बाबुको हत्यामा संलग्न छोरालाई घटनामा प्रयोग भएको बाम्फोकसहित पक्राउ गरेको छ ।

हत्यामा संलग्न रहेका लिम्बूको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान तथा कानुनी कारबाही भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्