विराटनगर । विराटनगरमा 'न्यु पाथीभरा ज्वेलर्स' संचालनमा आएको छ ।
विराटनगरको ठाकुरबाडी रोडमा शुक्रबारदेखि ज्वेलर्स संचालनमा आएको हो।
ग्राहकहरुलाई शुद्ध सुन, चाँदी तथा हीराका उत्कृष्ट डिजाइनका सामाग्री दिने उद्धेश्यले ज्वेलर्स संचालनमा ल्याइएको बताइएको हो ।
जवेलर्सले उद्घाटनको अवसर पारी ग्राहकहरुका लागि आफ्ना उत्कृष्ट तथा आकर्षक गहनाहरुमा अफर समेत ल्याएको छ । छुट अन्तर्गत ५ ग्राम भन्दामाथिको गहनामा ज्याला नि:शुल्क र ५ ग्रामभन्दा कमका गहनामा ५० प्रतिशतसम्म ज्यालामा छुट दिने जनाईएको छ।
जवेलर्सले रानी हार,नेकलेस,कण्ठ,झुम्का,एयरलिङ,चेप्टे सुन,चोकर, औंठी, हार, कुण्डल, चुरा लगायतका अन्य विभिन्न प्रकारका गहनाहरू उपलब्ध छन्। गहना गृहले ग्राहकहरूको रुचि अनुसार कस्टम डिजाइनका गहनाहरू पनि बनाउने सेवा प्रदान गर्दछ। साथै नेपाली परम्परागत गहनाहरु, विदेशी डिजाइनका गहनाहरु, नेपाली र विदेशी डिजाइनका गहनाहरु निर्माण तथा बिक्री गर्दै आएको छ।