प्रेस काउन्सिलको ‘मिडिया इयर बुक’ सार्वजनिक

<span class='c1'>प्रेस काउन्सिलको ‘मिडिया</span> <span class='c2'>इयर बुक’ सार्वजनिक</span>

काठमाडौँ । प्रेस काउन्सिल नेपालले ५५ औँ वार्षिकोत्सवका अवसरमा नेपाली सञ्चार जगत्को समग्र वस्तुस्थिति समेट्ने गरी ‘मिडिया इयर बुक’ प्रकाशन गरेको छ । यो प्रकाशन अङ्ग्रेजी भाषामा छ ।

नेपाली सञ्चारमाध्यमको समग्र अवस्थाबारे अङ्ग्रजी भाषामा आधिकारिक प्रकाशन नभएकाले काउन्सिलले यो पहल गरेको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिए । विशेषत तीव्र रूपमा विकास भइरहेको सञ्चारमाध्यमको क्षेत्रमा हरेक वर्षका प्रमुख घट्ना, प्रवृत्ति, नीति र कार्यक्रमहरूको विवेचना गर्दै यो वर्ष पुस्तक प्रकाशन गरिएको उनले बताए ।

नेपालभित्र मात्र नभई अन्तर्राष्ट्रिय रूपमा पनि नेपाल र नेपालको सञ्चारमाध्यमबारे चासो राख्नेहरूलाई यो पुस्तक उपयोगी हुनेछ ।

'हाम्रा प्रायः सबै प्रकाशन नेपाली भाषामा हुँदा बाहिरी जगत्लाई सञ्चारमाध्यमको अवस्था बुझाउन कठिन भइरहेको थियो । आधिकारिक रूपमा अङ्ग्रेजीमा प्रकाशन नभएको सन्दर्भमा एयर बुकको अवधारणाले सिङ्गो प्रेस जगत् बुझाउन सजिलो हुने विश्वास लिएका छौँ,' उनले भने ।

उक्त प्रकाशनको राष्ट्रपति रामचन्द्र पौडेलले काउन्सिलको वाषिकोत्सवका अवसरमा सार्वजनिक गरेका थिए। आजदेखि यसलाई आम जनमानसमा ल्याइएको काउन्सिलले जनाएको छ । यो वर्षको एयर बुक संस्करणमा १६ वटा लेख प्रकाशित छन् ।

जसमा नेपाली सञ्चारमाध्यमले भोगेका समस्या, अहिले प्रविधिले पत्रकारिता क्षेत्रमा ल्याएका चुनौती र अवसर, मिथ्या सूचना, अभिव्यक्ति स्वतन्त्रता, टिकटकमाथि प्रतिबन्ध तथा खुलालगायत विषयमा लेख प्रकाशित भएका छन् ।

पत्रकार कमलदेव भट्टराई सम्पादक रहेको उक्त प्रकाशनमा अस्वस्थमा भक्त खरेल, रामजी दाहाल, श्रीराम पौडेल, जीवेश झा, राजेन्द्र पौडेल, झविन्द्र भुसाल, टुमराज कोइराला, उमेश पोखरेल, कोषराज कोइराला, नारायणप्रसाद घिमिरे, बृजकुमार यादव, सविका श्रेष्ठ, सारा पहारी, जीवन भण्डारी, विमला तुम्खेवा, सृष्टि काफ्ले र रामकुमार कामतका सञ्चारमाध्यमसम्बन्धी विश्लेषण समावेश छन् ।

नेपालको सञ्चारमाध्यमको अवस्था, विकासक्रम र चुनौती बाह्य संसारलाई बुझाउन एवं यहाँको नौला अभ्यास आदनप्रदान गर्न यो प्रकाशन प्रभावकारी हुने अध्यक्ष बस्नेतले बताए । काउन्सिलले सञ्चारमाध्यमको विकास र सुधारका लागि अध्ययन, अनुसन्धान एवं प्रकाशनलाई प्राथमिकता दिएर काम गर्दै आएको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्