प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुई करोड

<span class='c1'>प्रधानमन्त्री उद्धार कोषमा नेपाल</span> <span class='c2'>बैँकको दुई करोड</span>

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैँक लिमिटेडबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु दुुई करोडको चेक हस्तान्तरण भएको छ ।

प्रधानमन्त्री निवास बालुुवाटारमा नेपालको पहिलो बैँकका रुपमा रहेको नेपाल बैँक सञ्चालक समितिका अध्यक्ष डा.चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतमा खर्च गर्न सो चेक हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै लगानीकर्ता र उद्योगधन्धालाई प्रोत्साहन हुनेगरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह गरे । उनले कसैको अनुहार नहेरी प्रणाली र कानुनअनुसार काम गर्न पनि आग्रह गरे । यसअघि शुक्रबार विभिन्न वित्तीय संस्थाबाट गरी रु तीन करोड ४८ लाखको चेक हस्तान्तरण भएको थियो ।

मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिक रुपमा रु एक अर्ब रकम जम्मा गर्ने निणर्य गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरुबाट सहयोगको क्रम जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्