देशका विभिन्न प्रदेशमा मनसुनी र पश्चिमी वायुको प्रभाव

<span class='c1'>देशका विभिन्न प्रदेशमा मनसुनी</span> <span class='c2'>र पश्चिमी वायुको प्रभाव</span>

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा मनसुनी र पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ।

कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव छ भने कणर्ाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायु सक्रिय छ। साथै, पूर्वी र मध्य नेपालमा भारतको उत्तर पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै भागबाट मनसुन बिदा लिन सुरु गरेको छ ।

हाल, कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली देखिनेछ भने बाँकी भूभागमा मौसम सफा रहनेछ। दिउँसो र राति केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टामा कोशी र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी र लुम्बिनी लगायत बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जसकारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्