विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा आज नेपालीहरुका महानपर्वहरूको अवसर पारेर चाडपर्व उत्सव मनाइएको छ ।
बडादशैं, तिहार, नेपाल सम्बत, छठ तथा इद लगायतका विभिन्न धर्मावलम्बीहरुले मान्ने महान पर्वहरूको सँस्कृति झल्किने गरि उत्सव मनाइएको हो ।
बाल मनस्थितीबाटै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता जगाउनु पर्छ भन्ने उद्देश्यका साथ एभरेष्टले मन्टेश्वरी तहमा चाडपर्व उत्सव मनाएको हो । जहाँ प्ले ग्रुपदेखि कक्षा १ सम्मका बालबालिकाको सहभागिता र प्रस्तुति थियो । बालबालिकाले दशैं, तिहार र छठ लगायतका पर्वमा गाइने संगीतमा नृत्य प्रस्तुत गर्ने देखि लिएर चाडपर्वका कथा अनुसारका प्रहसन समेत प्रस्तुत गरे । यस्तै दशैंमा पूजा गरिने नौं दुर्गाको अवतारमा प्रस्तुत भएका बालिकाहरूले आ–आफ्नो स्वरुप अनुसारका दुर्गाको महिमा प्रस्तुत गरे। भने तिहारमा खेलिने देउसी र भैलो खेलेर उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरे । कार्यक्रममा सहभागि मन्टेश्वरी इन्चार्ज मेलिना ओलीले आफूहरुले सोचेँ भन्दा राम्रो प्रदर्शनी गरेको बताउनुभयो ।
यस्तै विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले विद्यालयले बाल्य अवस्था देखि नै बुझाउन चाहे गरि आ–आफ्नो संस्कृति र संस्कृति बिचको सद्भाव बालबालिकाले बुझ्ने विश्वास ब्यक्त गर्नुभयो ।