सुनसरीबाट लागुऔषधसहित एक पक्राउ

<span class='c1'>सुनसरीबाट लागुऔषधसहित</span> <span class='c2'>एक पक्राउ</span>

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–९ बाट अवैध लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३१ वर्षीय सुरज गुरुङ रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

धरान–९ स्थित ललित राईको घरमा डेरागरी बस्ने सङ्खुवासभाको धर्मदेवी नगरपालिका वडा ८ घर भएका ३१ वर्षीय भेडा भन्ने सुरज गुरुङलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद तिम्सिनाले जानकारी दिए ।

प्रहरीले गुरुङको कोठा खानतलासी गर्दा कोठाभित्र रहेको दुईवटा जेब्रा झोलामा लुकाइछिपाई राखेको लागुऔषध ट्रामानिल–सात हजार ८८० क्याप्सुल र स्पास्मो–आठ हजार ४३० ट्याब्लेट फेला पारेको थियो ।

तिम्सिनाका अनुसार उक्त लागु औषधसहित सुरज गुरुङलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्