विराटनगरको डिपिएस स्कुलद्वारा ५ जना शिक्षक सम्मानित

<span class='c1'>विराटनगरको डिपिएस स्कुलद्वारा ५</span> <span class='c2'>जना शिक्षक सम्मानित</span>

विराटनगर । विश्व शिक्षक दिवसको अवसरमा डिपिएस स्कुलले आफ्ना ५ जना उत्कृष्ट शिक्षकहरूलाई सम्मान गरेको छ। विद्यालयमा पुर्याएको योगदानको आधारमा छनोट गरिएका शिक्षकहरूलाई नगद पुरस्कार, चाँदीको पदक र प्रमाणपत्र प्रदान गरिएको छ।

सम्मानित शिक्षकहरूमा अंग्रेजी विषयका प्रितम राई र कीर्ती सुब्बा, सामाजिक अध्ययन तथा मानव मूल्यका इन्द्र मगर, सामाजिक विज्ञानका मनिषा शाही र गणितका बिनोद कुमार मिश्रा रहेका छन्। राई, सुब्बा, मगर र शाहीलाई "वर्ष शिक्षक २०२४" को रूपमा सम्मानित गरिएको छ भने मिश्रालाई "उत्कृष्ट विषय शिक्षक" को मान्यता दिइएको छ।

उल्लेखनीय छ, गत शैक्षिक वर्षमा कक्षा १० को सीबीएसइ(CBSE) बोर्ड परीक्षामा मिश्राका दुई विद्यार्थीले गणितमा पूर्णाङ्क प्राप्त गरेका थिए। यो कार्यक्रम विद्यालयको वार्षिक परम्पराको निरन्तरता हो, जसमा उत्कृष्ट र दीर्घसेवी शिक्षकहरूलाई सम्मान गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्