विराटनगरका १२ परिवारलाई विद्युतीय रिक्सा हस्तान्तरण

<span class='c1'>विराटनगरका १२ परिवारलाई</span> <span class='c2'>विद्युतीय रिक्सा हस्तान्तरण</span>

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक अवस्था कमजोर भएका १२ परिवारलाई सिटी सफारी हस्तान्तरण गरेको छ ।

अरुको सफारी भाडमा कुदाउने र मजदुरी गरेर गुजारा गरिरहेको १२ परिवारलाई स्वरोजगार बनाउने अभियान अन्तरगत सिटी सफारी हस्तान्तरण गरेको हो ।

विराटनगर महानगरपालिका– १२ मा आयोजित कार्यक्रममा जीवन विकास लघुवित्तको उद्यमशीलता विकास विभाग प्रमुख मनोज शर्माले सिटी सफारी हस्तान्तरण गरे । आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई स्वरोजगार बनाउनका लागि सिटी सफारी हस्तान्तरण गरिएको शर्माले जानकारी दिए ।

रिक्सा वितरणका लागि गणपती पिजी एण्ड सप्लायर्सले सहजीकरण गरेको थियो । गत असोज १६ गते पनि विराटनगर महानगरपालिका– २ तिनपैनीमा जीवन विकासले १० परिवारलाई सिटी सफारी हस्तान्तरण गरेको थियो ।

२४ जिल्लामा १६० वटा शाखा कार्यालय मार्फत विपन्न परिवारलाई घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकासले उद्यमशीलता विकास अभियान अन्तरगत २ हजार ५ सय भन्दा बढी परिवारलाई सिटी सफारी उपलब्ध गराएर स्वरोजगार बनाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्