महेन्द्र मोरङ कलेजमा वर्कसप सुरु

<span class='c1'>महेन्द्र मोरङ कलेजमा</span> <span class='c2'>वर्कसप सुरु</span>

भूमिका पाख्रिन,

विराटनगर पुस १३

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा मंगलबारबाट इलेक्ट्रोनिक्स, रोबोटिक्स र इन्टरप्रिनियरसीप वर्कसप कार्यक्रम सुरु भएको छ । दैनिक जिवनमा प्रयोेगमा आउने स–साना उपकरणहरुको जानकारी सहित त्यसलाई कसरी निर्माण गरिन्छ भन्ने कुराको जानकारी दिनु कार्यक्रमको मुख्य उदेश्य रहनेछ । विशेषगरि विज्ञानका विद्यार्थीलाई लक्षितगरि आयोजित वर्कशपमा इलेक्ट्रोनिक्सका सामानहरु कसरी बनाइन्छ, राबोट कसरी बनाइन्छ लगायत अन्य विद्युतीय उपकरणबारे विद्यार्थीलाई जानकारी दिइने बताइएको छ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले आयोजना गरेको उत्त वर्कशपमा सहभागीहरुलाई रोबोटिक्स एसोसियन अफ नेपालका ईश्वर पालले तालिम प्रदान गरिरहनुभएको छ । हिजोबाट सञ्चालित उत्त कार्यक्रम भोलिसम्म चल्ने आयोजक नेपाल विद्यार्थी संघ महेन्द्र मोरङ कलेज इकाइ कमिटीका कार्यवाहक सभापति केशव गिरीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्