इजरायली हवाई आक्रमणमा लेबनानमा चार जनाको मृत्यु

<span class='c1'>इजरायली हवाई आक्रमणमा लेबनानमा</span> <span class='c2'>चार जनाको मृत्यु</span>

बेरुत । इजरायली हवाई आक्रमणमा बुधबार मध्य लेबनानमा विस्थापित नागरिकहरूको आवासमा चार जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।

माउन्ट लेबनान गभर्नरेटको चौफ जिल्लाको गाउँ वरदानिएहमा रहेको दार अल–सलाम होटललाई लक्षित गरी आक्रमण भएको थियो । यस होटलले दक्षिणी र पूर्वी लेबनानमा इजरायली हवाई आक्रमणबाट भागेका शरणार्थीहरूलाई आश्रय दिइरहेको एनएनएले बताएको छ ।

सेप्टेम्बर २३ देखि इजरायलले लेबनानभरि व्यापक हवाई आक्रमणहरू सञ्चालन गरेको छ । उक्त आक्रमणले देशभरि लाखौँ मानिसलाई विस्थापित गरेको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्