एसियन तेक्वान्दो च्याम्पियनसिपमा अभिषेकलाई रजत पदक

<span class='c1'>एसियन तेक्वान्दो च्याम्पियनसिपमा</span> <span class='c2'>अभिषेकलाई रजत पदक</span>

काठमाडौं । नेपालका अभिषेक बरालले छैटौं कासाद एसियन तेक्वान्दो च्याम्पियनसिपमा बिहीबार रजत पदक जितेका छन् ।

इन्डोनेसियाको जकार्तामा जारी प्रतियोगिताको पुरुष ८० केजीमुनि फाइनलमा अभिषेक आयोजक राष्ट्रका खेलाडीसंग पराजित भएपछि रजतमा सीमित भए ।
फाइनल यात्रा तय गर्न अभिषेकले इन्डोनेसिया, फिलिपिन्स र पाकिस्तानका खेलाडीलाई हराएको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जनाएका छन् ।

अध्यक्ष खड्गीका अनुसार २६ राष्ट्रको सहभागिता रहेको यो जि टु ¥याङकिङ प्रतियोगिता हो । प्रतियोगितामा अभिषेकसँगै नेपालबाट १० खेलाडी सहभागी छन् । अभिषेकसंगै ६ खेलाडी क्योरोगी तथा बाँकी ४ खेलाडी पुम्सेमा सहभागी छन् । ग्योरोगीमा अभिषेक डल्लाकोटी, सुजबकुमार यादव, भीमबहादुर खड्का, वर्षा थापा र अनिश घिसिङ पदकविहीन बने । पुम्सेमा यबन्दिन दाहाल, सरोज तामाङ, कुमार तामाङ र देवराज काम्छाले शुक्रबार प्रतिस्पर्धा गर्ने छन् । नेपाली टोलीको प्रशिक्षकमा विकेश विडारी छन् ।

टोलीलाई प्रोत्साहन स्वरुप काठमाडौं जिल्ला तेक्वान्दो संघले पोशाक प्रदान गरेको थियो । जिल्ला संघले जि १ ¥याङकिङदेखि माथिका तेक्वान्दो प्रतियोगितामा सहभागी हुने टोलीलाई पशोक प्रदान गर्ने गरेको अध्यक्ष खड्गीले जानकारी गराए । सरोज, अनिश र देवराज बाहेकको टोली ताइपेई सिटी कप तेक्वान्दो प्रतियोगितामा सहभागी हुने बताइएको छ । प्रतियोगिता अक्टोबर २४ देखि २७ तारिखसम्म ताइपेईमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्