बेलबारी गोल्डकप फुटबल : उद्घाटन खेलमा झापा विजयी

<span class='c1'>बेलबारी गोल्डकप फुटबल :</span> <span class='c2'>उद्घाटन खेलमा झापा विजयी</span>

बेलबारी (मोरङ) । मोरङमा आजदेखि सुरु भएको सातौँ बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलको उद्घाटन खेलमा झापा–११ फुटबल क्लब विजयी भएको छ । बेलबारी–११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा भएको उक्त खेलमा झापा–११ ले भारतको कञ्चनजङ्घा फुटबल क्लब सिलिगुडीलाई ५–१ गोलअन्तरले पराजित गरेको हो ।

खेलको नवौँ मिनेटमा भारतको सिलिगुडीले गोल गरेको थियो । उसका लागि प्रनेश प्रधानले सान्त्वना गोल गरेका थिए । खेलको पहिलो हाफको ३५ औं मिनेटमा झापाका निरज कार्कीले आफ्नो टोलीका लागि पहिलो गोल गर्दै खेललाई बराबरीको अवस्थामा पु¥याएका थिए ।

यसैगरी खेलको दोस्रो हाफमा झापा–११ ले थप चार गोल गरेको थियो । खेलको ५५औँ मिनेटमा झापा–११ का अभिषेक गुरुङले गोल गरेका थिए । लगत्तै ५९औँ मिनेटमा झापा–११ का उत्सव राईले गोल गर्दै खेललाई ३–१ को अवस्थामा पु¥याए । उनले नै खेलको ७०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टोलीलाई ४–१ को अग्रता दिलाए ।

यस्तै खेलको ७७औँ मिनेटमा झापा–११ का निकेश श्रेष्ठले गोल गर्दै आफ्नो टोलीलाई विजयी दिलाए । आजको खेलको म्यान अफ दी म्याच झापा–११ का उत्सव राई घोषित भए । एलएक्स सिटी फुटबल क्लबको आयोजनामा आजदेखि सुरु भएको सो प्रतियोगिता कात्तिक १० गतेसम्म चल्नेछ । प्रतियोगितामा आयोजकसहित १० टोली सहभागी रहेका आयोजक समितिका अध्यक्ष विक्रम वान्तवा राईले बताए । शनिबार आयोजक एलएक्स सिटी फुटबल क्लब र चित्लाङ फुटबल क्लब काठमाडौँबीच खेल हुनेछ ।

बेलबारी नगरपालिका र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र आरजु राइस मिलले आयोजना गरेको प्रतियोगिताको विजेता टोलीले रु आठ लाख र उपविजेताले रु चार लाख पुरस्कार प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्