राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सिडिओ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

<span class='c1'>राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सिडिओ</span> <span class='c2'>मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र</span>

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीले आज प्रधानमन्त्रीलाई एक ज्ञापनपत्र बुझाएको छ। पार्टीका मोरङ जिल्ला सह-संयोजक भरत कडेलद्वारा हस्ताक्षरित यो पत्रमा सात बुँदे माग प्रस्तुत गरिएको छ।

पार्टीले पार्टी सभापति रवि लामिछानेको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध भन्दै उनको तत्काल रिहाइको माग गरेको छ। साथै, सहकारी ठगी र मिटरब्याजी पीडितहरूको समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयमा हेल्पडेस्क स्थापना गर्न माग गरिएको छ।

पत्रमा सहकारी ठगीका आरोपी धनराज गुरुङ र ऋषिकेश पोखरेल लगायतलाई कडा कारबाही गर्न र पीडितहरूको रकम फिर्ता गराउन पनि माग गरिएको छ।

यसबाहेक, बाँसबारी र टिकापुर जग्गा प्रकरण, ललितानिवास प्रकरण, भुटानी शरणार्थी काण्ड, र २०४६ साल पछिका सबै भ्रष्टाचारजन्य अपराधहरूको निष्पक्ष छानबिन र दोषीहरूलाई कारबाहीको माग गरिएको छ।

पार्टीले यी मागहरू पूरा नभए सरकार विरोधी सघन आन्दोलन गर्ने चेतावनी दिएको छ। यो ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्