मजदुरबाट व्यवसायी बन्यो सीताको परिवार (भिडियोसहित)

<span class='c1'>मजदुरबाट व्यवसायी बन्यो</span> <span class='c2'>सीताको परिवार (भिडियोसहित)</span>

विराटनगर । मोरङको बेलबारी नगरपालिका- १ की ५६ वर्षीय सीता बराइलीको जीवनको पाँच दशक दुःखैदुःखमा बित्यो । दुई छाक जुटाउनका लागि मुस्किल भएपछि उनी परिवारसहित पहाड घर भोजपुरबाट भारतको मेघालयसम्म पुगिन् । मेघालयमा उनले सामान्य होटल चलाइन, उनका श्रीमानले कोइला काट्ने काम गरे ।

जीवनमा अनेक कष्ट सहेकी सीता चार-पाँच वर्षयता सन्तोषले बसेकी छन् । उनको परिवार पनि खुसी छ । परिवारको खुसीको यात्रामा सीतालाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले सहयोग गरेको छ । सीताका छोरा साजन र सुनिल बेलबारी बजारमा न्यु बराइली ज्वेलर्स तथा कारखाना सञ्चालन गर्छन् ।
साजन सुनका कालिगढ हुन् । उनले काठमाडौँमा काम सिकेका थिए । कोरोना महामारीका बेला घर फर्किएका उनले केही समय अरुकै पसलमा काम गरे।

आफ्नो पसल सञ्चालन गर्ने रहर भएपनि लगानी गर्ने पैसा थिएन । व्यवसाय सञ्चालन गर्न सीतालाई जीवन विकासले सुरुमा तीन लाख रुपैयाँ ऋण सहयोग गर्यो । पुँजी जुटेपछि साजनले सुनको सामग्री बनाउने कारखाना खोले । भाइलाई पनि कारखानाको काम सिकाए । कारखानासँगै अहिले ज्वेलर्स पनि सञ्चालन गर्छन् । सुन पसल र कारखानामा सात जनालाई रोजगारी दिएका छन् । आफू पनि स्वरोजगार भएका छन् । कारखानामा गहना बनाउनका लागि धरान इटहरी दमकलगायत पूर्वको बजारबाट अर्डर आउने साजनले बताए ।

सानो लगानीबाट सुरु भएको व्यवसायलाई साजन र सुनिलले विस्तार गरिरहेका छन् । ‘पहिलेदेखि नै संघर्ष गरिरहेका छौ, जीवन विकासमा जोडिएपछि सहज भयो,’ साजनले भने,‘व्यवसाय सुरु गरेपछि अहिले ६-७ जना काम गर्छौँ ।’

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्