मोरङको ग्रामथानमा माओवादीबाट नमोनारायण माझी अध्यक्षका उमेदवार

<span class='c1'>मोरङको ग्रामथानमा माओवादीबाट नमोनारायण</span> <span class='c2'>माझी अध्यक्षका उमेदवार</span>

विराटनगर । आगामी मसिर १६ गते हुने उपनिर्वाचनका लागि मोरङको ग्रामथान गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) अध्यक्षको लागि नमोनारायण माझीलाई उम्मेदवार तोकेको छ । ग्रामथान गाउँपालिकाको कार्यालय रहेको तेतरिया बजारमा माझीलाई एक कार्यक्रमकोबीच उम्मेदवार घोषणा गरिएको हो ।

माझी ग्रामथान गाउँपालिकाको १ नम्बर वडामा २०७४ सालमा तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । पार्टी काँग्रेससँग एकता भएपछि केही समय अगाडि नेपाली काङ्ग्रेस छोडेर माओवादी केन्द्रमा उनी प्रवेश गरेका थिए ।

२०७९ सालको पालिका निर्वाचनमा काङ्ग्रेसका जयप्रकाश गच्छदार विजयी भएका थिए । उनको हृदयघातका कारण मृत्युु भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो । माझीको उम्मेदवारी घोषणा कार्यक्रममा माओवादी केन्द्रका नेताहरू सावित्रीकुमार काफ्ले, पूर्वमन्त्री अमनलाल मोदी, विजय विश्वासलगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्