बेलबारीमा टिपरको ठक्करबाट एक जना महिलाको मृत्यु, चालक फरार

<span class='c1'>बेलबारीमा टिपरको ठक्करबाट एक जना</span> <span class='c2'>महिलाको मृत्यु, चालक फरार</span>

विराटनगर । मोरङको बेलबारी नगरपालिका-२ किस्तीपुलस्थित पूर्व-पश्चिम राजमार्गमा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। मंगलबार दिउँसो ३:४० बजे बेलबारीबाट विराटचोकतर्फ जाँदै गरेको को१क ३४१७ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको को२८प ६१३२ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।

दुर्घटनामा गम्भीर घाइते भएकी अन्दाजी ३०/३२ वर्षीया महिलालाई उपचारका लागि कोशी अस्पताल विराटनगर लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ।

दुर्घटना पश्चात टिपर चालक फरार रहेका छन्। प्रहरीले फरार चालकको खोजी कार्य जारी राखेको छ। दुर्घटनामा संलग्न टिपर र स्कुटर इलाका प्रहरी कार्यालय विराटचोकको नियन्त्रणमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्