विराटनगरमा ‘नरेश श्रेष्ठ स्मृति यु १९ मेन्स’ प्रतियोगिता हुदै, विजेतालाई नगद २ लाख

<span class='c1'>विराटनगरमा ‘नरेश श्रेष्ठ स्मृति यु १९ मेन्स’</span> <span class='c2'>प्रतियोगिता हुदै, विजेतालाई नगद २ लाख</span>

विराटनगर । नरेश श्रेष्ठ स्मृति ‘वाइवाइ मेन्स अण्डर १९ ’ क्रिकेट प्रतियोगिता भोलि कातिक १० गतेदेखि विराटनगरमा सुरु हुँदैछ । कोशी प्रदेश प्रादेशिक क्रिकेट संघले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको उद्घाटन खेलमा कोशी प्रदेश र मधेश प्रदेशबिच प्रतिस्पर्धा हुने जानकारी दिएको छ ।
नेपाल क्रिकेट संघको वार्षिक कार्यक्रम अन्तर्गत रहेको प्रतियोगिताको प्रथम हुने टिमले नगद २ लाख र दोश्रो हुने टिमले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने नेपाल क्रिकेट संघ (क्यान)का प्रतिनिधि प्रवल गौतमले जानकारी दिनुभयो ।

प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलरलाई क्रमश २० – २० हजार, प्लेयर अफ द सिरिजलाई ३५ हजार र प्लेयर अफ द म्याचलाई नगद ३ हजार रुपैयाँ प्रदान गरिने उहाँले बताउनुभयो । प्रतियोगितामा ७ वटै प्रदेशका टिमको सहभागिता रहेको छ । सिंगल राउण्ड रोविन फम्र्याटमा हुने ५० ओभरको प्रतियोगितामा दुई वटा समुहका उत्कृष्ट टिमबिच उपाधिका लागि प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको लागि अनुमानित खर्च १ करोड ९० लाख रुपैयाँ रहेको छ ।

यो प्रतियोगिता नै कोशी प्रदेशमा पहिलो उमेर समूहको प्रतियोगिता रहेको कोशी प्रदेश प्रादेशिक क्रिकेट संघका सचिव टीकाराम पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार कोशी प्रदेशमा उमेर समूहको कुनै पनि प्रतियोगिता यस अघि भएका थिएनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्