इजरायलले तेहरानमा हवाई आक्रमण गरेपछि इरानको चेतावनी, प्रतिशोधको तयारी

<span class='c1'>इजरायलले तेहरानमा हवाई आक्रमण गरेपछि</span> <span class='c2'>इरानको चेतावनी, प्रतिशोधको तयारी</span>

काठमाडौं । तेहरानमा इजरायली आक्रमणको जवाफ दिने इरानको कडा चेतावनी आएको छ ।

इरानले आफ्नो परराष्ट्र मन्त्रालयको वक्तव्यमा इजरायलको आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भनेको छ र आफ्नो देशको सुरक्षा सुनिश्चित गर्न प्रतिकार गर्न अधिकार रहेको जनाएको छ । वक्तव्यमा क्षेत्रीय शान्ति र सुरक्षा प्रति इरानको जिम्मेवारी रहेको पनि उल्लेख गरिएको छ ।

इजरायलले शनिबार बिहानै इरानका विभिन्न सैन्य आधारहरूमा हवाई आक्रमण गरेको थियो। इजरायली पक्षले आक्रमण इरानद्वारा इजरायलमा हानिएका मिसाइलहरू उत्पादन हुने स्थलहरूलाई लक्षित गरिएको र यो पछिल्लो महिनाको मिसाइल आक्रमणको जवाफी कार्य भएको जनाएको छ ।
यस प्रकारको आक्रमणले मध्यपूर्वमा तीव्र गतिमा बढिरहेको हिंसाको बीचमा दुबै पक्षलाई युद्धको नजिक पु¥याउन सक्ने खतरा बढाएको छ ।

यसैबीच, प्यालेस्टिनी समूह हमासले पनि इजरायली आक्रमणलाई इरानी सार्वभौमसत्तामाथिको उल्लङ्घन र क्षेत्रीय सुरक्षामा खतरा पु¥याउने कार्यको रूपमा व्याख्या गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्