विराटनगर संगीतमय बन्यो, शनिबार जैन भवनमा टिनएर्जसको कुम्भमेला (फोटो फिचर )

<span class='c1'>विराटनगर संगीतमय बन्यो, शनिबार जैन भवनमा</span> <span class='c2'>टिनएर्जसको कुम्भमेला (फोटो फिचर )</span>

प्रेम देवान
विराटनगर । कुनै समय विराटनगरमा संगितमय माहोल छाउने गर्दथ्यो । महिनामा नभएको पनि २ देखी ३ वटा सम्म सांगीतिक कार्यक्रम हुने गर्दथे । कहिले लाईभ कन्र्सट त कहिले फेशन शो त कहिले हास्यव्याङ्गका कार्यक्रमहरु भईरहन्थे । तर अचानक त्यस्ता कार्यक्रमहरु विस्तारै कम हुन थाले । तर शनिबार राती ‘लाईभ ईन्टरटेडमेन्ट’ ले आयोजना गरेको ‘विराटनगर म्युजिक फेष्टिभल २०८१’ ले नयाँ तरङ्ग नै ल्यायो । विराटनगर मेन रोड स्थित जैन भवनमा आयोजना गरिएको साँगितीक कार्यक्रममा ५ हजार भन्दा बढी दर्शकले प्रत्यक्ष साँगितीक कार्यक्रमको मज्जा लिएको आयोजकको दावी छ ।


४ बजेको लागि बोलाइएको कार्यक्रममा दर्शकहरुको लागि ५ बजेतिर ढोका खोलिएको थियो । कार्यक्रम स्थल बाहिर अहिलेका टिनएर्जसको बाक्लो उपस्थित रहेको थियो । कार्यक्रममा अहिले सर्वाधिक रुचाईएका युवा गायक स्वप्न सुमन र पुर्ण राईको दाजुभाईको प्रस्तुति रहेको थियो । त्यति मात्रै हैन यसपटक लाईभ ईन्टरटेडमेन्टका प्रमुख सन्तोष महत सेन्टो«ले फरक शैलीमा कार्यक्रम गरेका थिए । विराटनगरका संगितीकर्मीहरुलाई पनि न्याय दिने हिसाबले समेटेका थिए । यहाँका झन्डै आदा दर्जन व्याण्डमा आवद्ध गायकहरुले कार्यक्रममा राम्रो प्रस्तुति दिएका थिए । साथै उनीहरुलाई सम्मान समेत गरिएको थियो ।


धरानबाट ल्याईएको सुन्दर साउण्ड सिस्टमले अन्तर्राष्ट्रिय स्तरको साउण्ड सिस्टम र लाईटहरुको व्यावस्था गरेको थियो । त्यसैगरी कार्यक्रमको होष्ट पनि धरान कै नविना मंग्रान्तीले रहेको संचालन गरेको कार्यक्रमले त झनै दर्शकहरुको मन तानिरहेको थियो ।


सुरुमा स्थानीय व्याण्डको साँगीतिक प्रस्तुति थियो भने रोयल डान्स सेन्टरको सामुहिक नृत्यले पनि फरक माहोल बनाईदिएको थियो । लामो समयपछिको पर्खाइपछि पुर्ण राईको दाजुभाईको प्रस्तुति आयो । जब पुर्ण राईले ‘मेरोे माया फुल जस्तो... बोलको गीत गाउन थाले दर्शकहरुको हुटिङ्गले कार्यक्रमको माहोल झनै तात्न थाल्यो ।

अधिकास किशोर अवस्थाका पुस्ताहरुले उनलाई रुचाउने गर्दछन् । हातमा रहेका मोबाईलले उनका तस्वीर भिडियोहरु केदै गर्न समेत थाले । झन्डै आदा दर्जन गीतहरु गाईसकेपछि विदाई हुने बेलामा फेरी पनि दर्शकहरुबाट वान्स मोर वान्स मोरको हुटिङ्ग आउन थालेपछि पुन वाध्य भएर अन्तिम गीत फेरी पुर्ण राईले गाउनुपर्यो । यता फेरी युवा पुस्ताका लोकप्रिय गायक स्वप्न सुमनको प्रस्तुतिमा
छुट्टै सांगीतिक माहोल छायो ।

संगीतप्रेमी स्रोता, दर्शकको लामो प्रतिक्षापछि उनी  मञ्चमा पदार्पण भए, टिनएर्जस पुस्ताको हुटिङ उसैगरी आउन थाल्यो । त्यसपछि उनले सुरू गरे टिनएजर्स पुस्ताले अत्याधिक रुचाएको ‘झरीको रातमा रुजेर आउनु, मायाका मिठा गीत गुनगुनाउनु, त्यो मनमा जाने ठाउँ मलाइ देखाउनु...’ बोलको गीतबाट आफ्नो सांगीतिक प्रस्तुती आरम्भ गरे ।


जैन भवन परिसर भित्र खचाखच भरिएको दर्शक सामु उनले आफ्नो चिर्चित गीतहरु प्रस्तुत गरि उनको फ्यानलाई शान्त पारे । लोकप्रिय गायक स्वप्न सुमनको सांगीतिक प्रस्तुती रहने भनेपछि विराटनगरसहित झापा, मोरङ र सुनसरीबाट समेत उनका फ्यानहरु आएका थिए । तेस्रो संस्करणको विराटनगर म्यूजिक फेस्टिवलमा उनले करिब एक घण्टा झुमाए । उनले कसरी भनौं तिमीलाई’, ‘तिम्रो आँखा’, ‘म तिम्रो’, ‘कुनै दिन’, ‘कुरेर बस्छु’, ‘याद म राख्नेछु’ लगायतका चर्चित आधा दर्जन गीत सुनाए ।


विराटनगर म्यूजिक फेस्टिवलको तयारी झन्डै ६ महिना अगाडीदेखी तयारी गरेको कार्यक्रम संयोजक सेन्ट्रोले जानकारी दिए । यसपटकको कार्यक्रममा भएका सामान्य त्रुटिहरुलाई आगामी दिन सुधार गर्दै पनि जाने समेत उनले बताए । समग्ररुपमा यसपटकको तेस्रो सस्करणको कार्यक्रम पनि भव्य र सव्य नै रह्यो झन्डै ६ हजार दर्शक आएको आएको आनुमान छ, अगामी दिनमा पनि निरन्तार दिएर अगाडी बढ्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्