झिलिमिलि पर्व तिहार : विराटनगरमा दमकल अलर्ट, बिद्युत अपग्रेड

<span class='c1'>झिलिमिलि पर्व तिहार : विराटनगरमा</span> <span class='c2'>दमकल अलर्ट, बिद्युत अपग्रेड</span>

विराटनगर । विराटनगरमा दशैं भन्दा तिहार विशेष हुन्छ । उज्यालोको पर्व तिहारलाई विशेष महत्व दिएर मनाइन्छ । साजसज्जादेखि झिलिमिलि बत्तीले शहरको मुहार उज्यालिन्छ । भव्य र विशेष हुने तिहारमा धनकी देवी लक्ष्मीको विशेष पूजा हुने गरेको छ । लक्ष्मीपूजाका दिन अधिक बिद्युतको प्रयोग हुनेगर्दछ ।

जसले ग्राहस्थ फिडरमा समेत बिद्युतको पिक डिमाण्ड बढ्छ । लक्ष्मी पूजाकै दिन उद्योगमा समेत विशेष पूजाआरधना हुने भएकोले बत्तीको प्रयोग हुन्छ । तर, उद्योगको लाइन सटडाउन हुने भएकोले समस्या हुँदैन । तर, नागरिकले प्रयोग गर्ने झिलिमिलि बत्ती र अन्यका कारण सर्ट हुने संभावना धेरै हुन्छ । जसले आगलागीको जोखिम बढाउँछ । नेपाल बिद्युत प्राधिकरणका विराटनगर वितरण केन्द्रका प्रमुख सरोजकुमारले अहिलेको पिक डिमाण्ड ६५ मेघावाट हाराहारी मात्रै रहेकोले तिहारको बेला बिद्युत आपूर्तिमा समस्या हुने छैन । गर्मीमा ९० मेघावाटा पिक डिमाण्ड पुगेको थियो । त्यसले केहि समस्या भएपनि अहिले छैन ।

उनका अनुसार बिद्युत प्रयोग गर्दा सावधानी अपनाउन र लाइनहरु थप विस्तार गर्दा ध्यान दिन जरुरी छ । स्थायी वायरिङ्ग भन्दा बाहिर अस्याथी बिद्युतका लाइनहरु जडान गर्दा हुनसक्ने संभावित जोखिमलाई ध्यानमा राख्न उनको आग्रह छ । बिद्युत सर्ट भएमा त्यसले अन्य क्षेत्रमा समेत प्रभाव पार्ने भएकोले सावधानी र ध्यान उतिकै जरुरी रहेको उनको भनाई छ ।

विराटनगर महानगरपालिकाले लक्ष्मी पूजाको दिनलाई लक्षित गरेर तीनवटा आर्कमा दमकल अलर्ट राख्ने भएको छ । महानगरपालिका नगर प्रहरी निरीक्षक राजन पौडेलका अनुसार वितगको अनुभवका आधारमा रोडशेष, महानगरपालिका र पुष्पलालचौकस्थित बारुण यन्त्र कार्यालयमा एकएक दमकल अलर्ट रहने छन् । गतवर्ष लक्ष्मी पूजाको दिन छ वटा आगलागीका घटना भएको पौडेलले जानकारी दिए ।

विराटनगर महानगरपालिकाले रोडशेषमा राखेको दमकलमा पानी भरिसकेको हुन्छ । थप सहयोग आवश्यक पर्दा अन्य स्थानबाट दमकल खटिने छन् । त्यसपछि रोडशेष पेरीफेरीमा आगलगाी भए पानी भर्नका लागि संसारी माईस्थान मन्दिर परिसरको बोरिङ प्रयोग गरिने छ । शहरको बीच भागमा आगलागी हुँदा प्रारम्भिक चरणमा महानगरपालिकाको दमकल पुग्ने छ । त्यसपछि थप सहयोगका लागि रोडशेष र पुष्पलाल चौकबाट खटिने छन् । महानगरपालिकामा समेत पानी भर्ने सुविधा छ । यसैगरी पुष्पलालचौक आर्कमा समस्या आएमा बारुणयन्त्र कार्यालयको दमकल पहिले पुग्ने छ । थप सहयोगमा महानगरपालिका आर्क र रोडशेष आर्कको पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्