विराटनगरमा ट्याक्टरमै घुमाएर केराको थामको व्यापार

<span class='c1'>विराटनगरमा ट्याक्टरमै घुमाएर</span> <span class='c2'>केराको थामको व्यापार</span>

इशु पन्त
विराटनगर ।विराटनगरमा लक्ष्मी पूजाको अवसरमा बिहीबार बिहानैदेखि केराको थामको व्यापार भईरहेको छ। गेट तथा घरको सजावटका लागि प्रयोग गरिने केराको थाम बिक्रीका लागि करिब ८ देखि १० वटा ट्याक्टर सहरभर परिचालन गरिएको छ।

बर्जु गाउँपालिका केशलिया चोकबाट केराको थाम ल्याएर बिक्री गरिरहेका व्यापारी हेमु पासवानले बिहान ६ बजेदेखि नै ३० वटा केराको थाम बिक्री गरेको बताए। "लक्ष्मी पूजाको दिन विशेष माग हुने भएकाले बिहानै उठेर बिक्री गर्न हिँडेको हुँ," उनले भने।

यसैगरी देवानगंजबाट केराको थाम ल्याएर बिक्री गरिरहेका अर्का व्यापारी दुलान्द मेहेताले बिहान साढे ६ बजेदेखि नै आफ्नो नीलो ट्याक्टरमा ३०० वटा केराको थाम लिएर आएकोमा २५० वटा बिक्री गरिसकेको जानकारी दिए। उनले प्रति थाम १०० रुपैयाँका दरले बिक्री गरिरहेको बताए। खासगरी व्यापारिक प्रतिष्ठानहरुले प्रत्येक पसलपसलमा केराका थामको स्वागतद्वार बनाउने गरेका छन् । दिवाली र छठ पर्वसमेतमा जिल्लाभरि केराका घरी र थामसमेत लाखौँको कारोबार हुने गरेको छ ।

स्थानीय बासिन्दा लक्ष्मण महतोका अनुसार यस वर्ष केराको बोट आइलाग्ने देखिएकाले ट्याक्टरबाटै खरिद गरेको बताए। उनले ट्याक्टरमा बिक्री भएका केराको थाम रोजेर किन्दा सद्दे हुने बताए।

तिहारको समयमा केराको सुतालामा दियो बाल्ने परम्परा रहेको र घर, पसल तथा भवनको गेट अगाडि सजावटका लागि केराको थाम प्रयोग गरिने गरिएको छ। व्यापारी मेहेताका अनुसार आफ्नो खेती वा बारीमा केराको थाम नहुनेहरूका लागि यो वैकल्पिक व्यवस्था भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्