विराटनगर । मोरङ र सुनसरी जिल्लाबाट जुवा तास खेल्ने २५ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको विराटनगर महानगरपालिका- ११ स्थितमा कात्तिक १६ गते राती जुवा खेलिरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले तास खेल्दै गरेको अवस्थामा बिराटनगर महानगरपालिका- ११ का ६१ वर्षका राजन कडेल, ५७ वर्षका पशुपति भगत, ५० वर्षका विरेन्द्र साह, विराटनगर महानगरपालिका-१२ का ४१ वर्षका टुनटुन शर्मा, ४७ वर्षका सुरेन्द्र ठाकुर, ५० वर्षका बाबुराम कट्टेल, ४६ वर्षका लिला सहनी, बिराटनगर महानगरपालिका- ३ का ५५ वर्षका ध्रुव सिग्देल र विराटनगर महानगरपालिका- ५ का ५५ वर्षका मनिराज प्रसाईलाई पक्राउ गरेको हो । प्रहरीले जुवाको खालबाट नगद १० लाख ६ हजार ९ सय ९५ रुपैयाँ र ५ बुङ तास समेत बरामद गरेको छ ।
यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले सुनसरी ईनरुवा नगरपालिका -६ मधेशा स्थित संचालनमा नभएको जुत्ता फ्याक्ट्रीमा अवैध जुवातास खेलिरहेको अवस्थामा ईनरुवा नगरपालिका- ६ का ६२ वर्षका तिर्थराज अधिकारी,५८ वर्षका झगरु चौधरी ,३१ वर्षका ईन्देश सरदार, १९ वर्षका गौरब कोईराला, ४३ वर्षका बाल कृष्ण कोईराला, ५२ वर्षका दिनेश पोखरेल, ४० वर्षका अमित कार्की, ४२ वर्षका सुमन बिश्वकर्मा, २८ वर्षका जिवन तामाङ, ६२ वर्षका गोपाल बहादुर चौहान, ४२ वर्षका राजिव दुलाल, ५० वर्षका श्रवण कुमार तामाङ, १८ वर्षका युजिन कोईराला, ७९ वर्षका उग्र नारायण चौधरी, ईटहरी उप-महानरपालिका-१३ का ३९ वर्षका नेमलाल र ईटहरी उप-महानरपालिका-१२ का ४३ वर्षका भरत कटवाललाई नगद ५ लाख ६७ हजार ९ सय ३० रुपैयाँ र १६ (सोह्र) थान कौडा सहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनीहरुको घटना सम्बन्धमा आवश्यक कानुनी कारबाही भईरहेको प्रहरीले जनाएको छ ।
फोटो:फाइल