डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित

<span class='c1'>डोनाल्ड ट्रम्प अमेरिकाको</span> <span class='c2'>राष्ट्रपतिमा निर्वाचित</span>

एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प निर्वाचित भएका छन्। बुहमत सिट जित्दै ट्रम्प दोस्रो कार्यकालका लागि अमेरिकाको राष्ट्रपति चुनिएका हुन् ।

निर्वाचनअघि प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिससँग कडा प्रतिस्पर्धा हुने अनुमान थियो । तर, सहज जित निकाल्दै ट्रम्प अमेरिकाको राष्ट्रपति निर्वाचित भएका हुन् ।

पछिल्लो मतपरिणामअनुसार ट्रम्पले २७७ सिट सुनिश्चित गरेका छन् । प्रतिस्पर्धी ह्यारिसले २२४ सिट जितेकी छन्। ८ वर्षअघि हिलारी क्लिन्टनलाई पराजित गर्दै ट्रम्प पहिलोपटक अमेरिकाको राष्ट्रपति बन्न सफल भएका थिए।

यसअघिको निर्वाचनमा भने उनी जो बाइडेनसँग पराजित भएका थिए। निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक हुनुअघि समर्थकलाई सम्बोधन गर्दै ट्रम्पले अमेरिकाका लागि यो स्वर्ण युग हुने घोषणा गरेका छन्।

उनले अमेरिकाको हितमा काम गर्ने बताएका छन्। ‘यो अमेरिकी जनताको शानदार जित हो। यसले अमेरिकालाई अझ सक्षम बनाउन मद्धत गर्नेछ। यो अमेरिकाको लागि स्वर्ण युग हुनेछ,’ सम्बोधनमा उनले भने।

उनले अभूतपूर्व विजयी गराउने अमेरिकी नागरिकहरूलाई धन्यवाद ज्ञापन गरेका छन्। आफू यही दिनका लागि हत्या प्रयासबाट बचेको उनको भनाइ छ। चुनावी र्‍यालीमा सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो। गोली उनको कानलाई छुँदै गएपछि बाँच्न सफल भएका थिए।

ट्रम्पले ह्वाइटहाउसबाट आफूले पूरा जोड दिएर संघर्ष गर्ने बताएका छन्। राष्ट्रपति बन्नु संसारकै सबैभन्दा महत्त्वपूर्ण काम रहेको बताउँदै उनले आफूले गरेका बाचा पूरा गर्ने प्रतिवद्धता गरे। भाषणका क्रममा उनले एक्स (ट्वीटर)का मालिक एलन मस्कको प्रशंसासमेत गरेका थिए। उनले मस्कलाई रिपब्पलिकन पार्टीका ‘नयाँ स्टार’को घोषणा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्