विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा फ्रेन्चाइज क्रिकेट नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना हुँदैछ ।
क्यानको आयोजनामा पहिलो पटक हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १५ गतेदेखि पुष ६ गते (नोभेम्बर ३० देखि डिसेम्बर २१) सम्म प्रतोयोगिता हुन लागेको हो।
नेपालको अहिलेसम्मको सबैभन्दा ठूलो फ्रेन्चाइज लिगको रुपमा रहेको एनपीएलको तयारीका लागि विराटनगर किंग्स जुटेको छ। कात्तिक २७ गतेदेखि विराटनगर किंग्सको ट्यालेन्ट हन्ट कार्यक्रम इलामबाट सुरु भएको छ। टिमले कोशी प्रदेशका ५ जिल्लामा गर्न लागेको ट्यालेन्ट हन्टको पहिलो जिल्ला इलामको जस्बिरे क्रिकेट मैदानमा पहिलो ट्यालेन्ट हन्ट सम्पन्न भएको छ। उक्त ट्यालेन्ट हन्टमा टिमका क्रिकेट कोच लाक्पा लामा र दिपेन्द्र चौधरीले छानेका हुन् ।
इलामबाट उदयमान ३ जना खेलाडी छानिएका छन् । छानिएका खेलाडीसहित अन्य ४ जिल्लाका छानिएका खेलाडी विराटनगरमा हुने तयारी क्याम्पमा सामेल गर्ने विराटनगर किंग्सका अपरेसन डाइरेक्टर दिपेन्द्र चौधरीले जानकारी दिए ।
इलामपछी कोशी प्रदेशको झापा (युनाइटेड क्लब बिर्तामोड) मा कात्तिक २७ गते ,सुनसरी (जनता क्रिकेट ग्राउण्ड डि भी एम स्कुल इटहरी) मा कात्तिक २९ गते, उदयपुर(थारुहट रंगशाला गाईघाट )मा कात्तिक ३० गते ,मोरङ (मेरिलेबन विराटनगर ज्वाला क्रिकेट ग्राउण्ड विराटनगर)मा मङ्सिर २ गते उक्त ट्यालेन्ट हन्ट आयोजना हुनेछ । कोशी प्रदेश क्रिकेट एसोसिएसनको सहकार्यमा उक्त ट्यालेन्ट हन्ट आयोजना हुन लागेको आयोजकले जनाएको छ ।
विराटनगर किंग्सको मार्की खेलाडी सन्दीप लामिछाने रहेका छन् । "कोशीको शान हाम्रो पहिचान" भन्ने नारासहित टिम कोशीका उदयमान खेलाडीहरुको खोजीमा निस्केको हो।
विराटनगर किंग्सको टिममा को-को छन् खेलाडी ?
सन्दीप लामिछाने, प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, जितेन्द्र मुखिया, राजेश पुलामी, दिपक बोहरा, सुवास भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, अनिल खरेल रहेका छन्। भने मार्टिन गप्टिल, अकिब इल्यास, निकोलस किर्टोन, क्रिस सोल विदेशी खेलाडी रहेका छन्। त्यसैगरी मुख्य प्रशिक्षकको रुपमा केभिन ओब्रायन रहेका छन्।