विराटनगर । आफ्नै ल फर्मको छतबाट लडेर घाइते भएका विराटनगरका वरिष्ठ अधिवक्ता जगन फुयाँलको निधन भएको छ । आइतबार लडेर घाईते उनको मंगलबार बिहानको राती निधन भएको हो ।
वरिष्ठ अधिवक्ता फुयाँल आइतबार दिउँसो अदालतको पूर्वतर्फ रहेको उनको आफ्नै 'ल' फमको छतबाट गम्भीर घाईते भएका थिए । मोरङ बारका अध्यक्ष हरिशखंर मण्डलका अनुसार न्यूरो अस्पतालमा उपचारका लागि भर्ना गरेर उपचार गर्ने क्रममा मृत्यु भएको हो ।
विराटनगर २ मा रहेको घरमा बसोबास गर्दै आएका थिए । फुयाँल मोरङ बारका साधरण सदस्य समेत रहेका थिए । ६८ वर्षीय कानुन व्यवसायी फुयाँलले ४० वर्ष कानुन क्षेत्रमा निरन्तर कार्यरत थिए । विराटनगरका विभिन्न प्रकारका मुद्दाका साथै उनले विभिन्न जिल्लामा गएर मुद्दाको बहस गर्ने गरेका थिए ।
मोरङ जिल्ला बार एशोसिएसनका अध्यक्ष मण्डलले फुयाँलको निधनप्रति दुःख व्यक्त गरेका छन् ।