विराटनगरमा भेटियो कोशी ग्यासका सिलिण्डरमा चार केजीसम्म कम तौल

<span class='c1'>विराटनगरमा भेटियो कोशी ग्यासका सिलिण्डरमा</span> <span class='c2'>चार केजीसम्म कम तौल</span>

विराटनगर । कोशी ग्यास उद्योगले उपभोक्ताका लागि बजारमा पठाएको चार वटा सिलिण्डरमा तौल कैफियत भेटिएको छ । कोशी ग्यासको यो पहिलो बद्मासी नभई पटक–पटक भईरहेको कमजोरी हो । मोरङको बुढीगंगास्थित उद्योगबाट बिक्रीका लागि विराटनगर–३ बुद्धचौकमा ल्याइएको सिलिण्डरमा ४ केजीसम्म कम ग्यास भेटिएको छ ।विराटनगर ३ स्थित किशोर चापागाँईले घुम्ने व्यापारीबाट खरिद गर्ने क्रममा कम भएको आशंका लागेर वजन लिएका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालयलाई उजुरी गरेपछि सिलिण्डरको वजन लिइएको थियो ।गुणस्तर तथा नापतौल कार्यालय विराटनगरको टोलिले खुद तौल जाँच गरेको थियो । उपभोक्तासम्म आईपुगेका ग्यासको खुद तौल १०,७४ केजी, ९.७४५ केजी, ८.८ केजी र १३.७६५ केजी भेटिएको हो । चारवटा सिलिण्डरको कुल तौल क्रमशः २६.४०, २५.०४५, २४.१०० र २९.०६५ रहेको भेटिएको छ । ग्यासको टैर तौल भने १५.३ हुनपर्नेछ ।कम्पनीको सिल लागेको अवस्थाका एनएस ३८९–२०५३ एलपीजी ए ३४, एनएस–३६९–२०५३ बी ३३, सिरियल नम्बर ८१३९७९१ बी ३३ र एनएस–३६९–२०५३ डी २८ नम्बरका सिलिण्डर रहेका छन् ।उपभोक्ताले प्रहरीमा खबर गरेपछि ग्यास बिक्री गर्दै हिड्ने राजकुमार मण्डल र उद्योगका प्रतिनिधि विपिन मण्डललाई समेत रोहबरमा राखेर मुचुल्का उठाएको छ । प्रहरीले ग्यास बिक्री गर्दै हिड्ने मण्डललाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्