गाजामा भएको इजरायली हमलामा तीन जना प्यालेस्टिनीको मृत्यु

<span class='c1'>गाजामा भएको इजरायली हमलामा</span> <span class='c2'>तीन जना प्यालेस्टिनीको मृत्यु</span>

गाजा । गाजा सहरको पूर्वमा रहेको सुजयिया र उत्तरी गाजा पट्टीमा गरिएको इजरायली कारबाहीमा बुधबार तीन जना प्यालेस्टिनीको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।

गाजाका चिकित्सा स्रोतले गाजा सहरको पूर्वमा रहेको सुजैयामा गरिएको आक्रमणमा दुई प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको रिपोर्ट गरेको छ ।

उत्तरी गाजा पट्टीमा भएको इजरायली बम विष्फोटमा अल–तुफाह स्पोर्ट्स क्लबका खेलाडी, इयाद अबु खातेरको पनि मत्यु भएको स्रोतले जनाएको छ ।

यसैबीच, बेत लाहियाको अल–मन्सिया छिमेकमा एक परिवारलाई लक्षित गरेको बम विस्फोटमा धेरै प्यालेस्टिनीहरू घाइते भएका छन् ।

सेनाले गाजा पट्टीको उत्तरमा जबालियामा आवासीय भवनहरू पनि खाली गराएका छन् । भने गाजा सहरको उत्तरी क्षेत्रलाई लक्षित गरी छापा मारेको छ ।

सन् २ं०२३ अक्टोबर देखि गाजा पट्टीमा इजरायली आक्रमणमा परी अहिलेसम्म ४३ हजार ६६५ मानिसको मत्यु हुनुका साथै एक लाख तीन हजार ७६ जना घाइते भएको आपतकालीन र नागरिक सुरक्षा एजेन्सीले जनाएको छ । रासस/क्यूएनए

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्