प्रहरीको खेलकुद विकासका लागि निजी क्षेत्रको सहयोग

<span class='c1'>प्रहरीको खेलकुद विकासका लागि</span> <span class='c2'>निजी क्षेत्रको सहयोग</span>

विराटनगर । खेलकुदको बिकास र प्रबर्द्धनका लागि कोशी प्रदेश प्रहरी खेलकुद समिति र डि.एन.ग्रुफ अफ कम्पनी प्राईभेट लिमिटेड विच सम्झौता भएको छ । कार्तिक २९ गते कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा भएको सम्झौता कार्यक्रममा कम्पनीले खेलकुद प्रायोजनार्थ पाँचलाख ५० हजारको चेक हस्तान्तरण गरेको हो ।

कोशी प्रदेश प्रहरी खेलकुद समितिको तर्फबाट प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङ र कम्पनीका प्रोप्राईटर दिपक काफ्लेबीच सम्झौता पत्रमा हस्ताक्षर भएपछि सहयोग हस्तान्तरण गरिएको थियो ।

कोशी प्रदेश प्रहरी खेलकुद समिति अन्तरगत रहेका खेलकुद प्रशिक्षक एंव खेलाडीहरुको दुर्घटना बीमा, खेलकुद सम्वन्धी आवश्यक सामाग्रीहरु र खेलाडीहरुको लागि आवश्यक अतिरिक्त पोषणयुक्त खाजाको व्यवस्था उक्त रकमबाट हुनेछ । प्रदेश प्रहरी प्रमुख खापुङले कोशी प्रदेश प्रहरी खेलकुद समितिलाई सहयोग गर्ने कम्पनीप्रति अभार व्यक्त गरेका न् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्