मोरङ ग्रामथान उपनिर्वाचन : मुख्य निर्वाचन अधिकृतका कार्यालय स्थापना

<span class='c1'>मोरङ ग्रामथान उपनिर्वाचन : मुख्य</span> <span class='c2'>निर्वाचन अधिकृतका कार्यालय स्थापना</span>

विराटनगर । मोरङको ग्रामथानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी मंसिर १६ गते हुने उपनिर्वाचन लक्षित गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय शुक्रबार उद्घाटन गरिएको हो ।

मुख्य निर्वाचन अधिकृत जिल्ला अदालत मोरङका न्यायाधीश उद्ववप्रसाद भट्टराईले निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरेका हुन् । ग्रामथान गाउँपालिकाको कार्यालयमा रहने गरि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

कार्यालय स्थापना पछि मुख्य निर्वाचन अधिकृत भट्टराईले सर्वदलिय छलफल आयोजना गरेका छन् । निर्वाचन स्वच्छ र भयरहित रूपमा सम्पन्न गर्न राजनीतिक दलको भूमिका महत्त्वपूर्ण हुने बताउँदै भयरहित निर्वाचन सम्पन्न गर्न सहयोगको अपेक्षा राखेको बताए ।
मुख्य निर्वाचन अधिकृत भट्टराईले निर्वाचन कार्यक्रम मंसिर २ गते देखि शुरू जानकारी दिएका छन् । मंसिर २ गते मनोनयन दर्ता हुने कार्यक्रम रहेको छ ।

मनोनयन दर्ताका लागि राजनीतिक दलहरूलाई समय दिइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन आचारसंहिता, मनोनयन दर्ता लागि आवश्यक जानकारीबारे प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दंगालले जानकारी गराएका थिए ।
सात वडा रहेको ग्रामथानमा उपनिर्वाचनका लागि २६ हजार ४४ मतदाता छन् । ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको गत असार ३ गते निधन भएपछि उपनिर्वाचन हुनलागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्