विराटनगर । सामाजिक कुरिति कथाहरुले भरिएका नेपाली सिनेमा पछिल्लो समय दर्शकहरुको रोजाईमा पर्न थालेका छन् । यसै शिलशिलामा फेरी पनि सामाजिक चेतनामुलक बोकेको अर्को नेपाली चलचित्र ‘अग्निदहन’ मंसिर ७ गतेबाट मुलुकभरका हलमा प्रदर्शनमा आउदैछ ।
मान्छे बोक्सी हुन्न कहिल्यै शिक्षा एवम् चेतना मूलक सामाजिक चलचित्र ‘अग्निदहन’ को फिल्मी टिम यतिबेला पूर्वी शहरका हलहरुमा भिजिट गरिरहेका छन् । त्यो सँगै चलचित्रलाई व्यापक प्रचार प्रसार गराउनको निम्ती फिल्मका कलाकारसहित निर्मता- निर्देशकको टोली विराटनगर आईपुगेको छन् ।
चलचित्रको शिर्ष भूमिकामा रहनु भएका चर्चित अभिनेता प्रकाश घिमिरे, प्रमिला तुलाचन, प्रतिष्ठानकी केन्द्रीय सदस्य कमला पाण्डे, निर्माता तथा संस्थाका विशिष्ट संरक्षक मोहनराज पौडेल तथा निर्देशक घनश्याम लामिछाने ईटहरी ,विर्तामोड दमक हुदै विराटनगर आईपुगेका हुन् । चलचित्र पत्रकार संघ मोरङको समन्वयमा बिहीबार साँझ विराटनगरको 'चाय साय क्याफे'मा पत्रकारहरुसँगको भेटघाटसंगै हलहरु भिजिट गराइएको छ । चलचित्र पत्रकार संघ मोरङ अध्यक्ष प्रेम देवानको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगरमा रहेका सञ्चारकर्मीहरुसंग चलचित्र बारे अन्तक्रिया तथा छलफल भएको छ । छलफलपछि विराटनगरको सिटी सिनेमा र सेन्ट्रल मल्टिप्लेक्स हल भिजिट गरेका छन् । लोकमणि पौडेलको उपन्यासमा आधारित चलचित्र ‘अग्निदहन’ मंसिर ७ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको बेला अहिले प्रचारप्रसारलाई पनि तिव्र बनाईहरहेको छ ।
‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल’ पोखराले निर्माण गरेको सो चलचित्र उपन्यास भन्दा पनि राम्रो बनेको लामिछानेले जानकारी गराउनुभयो। उपन्यासमा भएको विषयलाई अभिनयको माध्यमबाट जिवन्त राख्न खोजिको निर्देशक लामिछानेले बताउनुभयो । ५ वर्ष अघि निर्माण भएर बोक्सी प्रथा विरुद्धको सामाजिक जागरणका रुपमा नेपाल,भारतका सिमाना क्षेत्र लगायतका करिब ५ सय स्थानमा विशेष शो गरिएको र दर्शकहरुबाट राम्रो प्रतिक्रिया आएपछि अब चलचित्रलाई व्यवसायीक हिसाबले हलहरुमा प्रदर्शनमा गराउन लागिएको फिल्म निर्माण टोलीले जनाएको छ ।
सामाजिक गतिविधिमा सामेल भएको र विशेष सन्देशमूलक चलचित्र रहेकाले फिल्म राम्रो बनेको फिल्मका निर्माता तथा संस्थाका विशिष्ट संरक्षक मोहनराज पौडेल बताउनुभयो । समाजमा जरो गाडेर बसेको कुरीति विरुद्ध ‘अग्निदहन’को यात्रालाई पोखराबाट सुरु गरेर पूर्वको शहर विराटनगर अन्तिम यात्रा रहेको ‘अग्निदहन’लाई माया गरिदिन पौडेलले आग्रह गर्नुभयो ।
अंग्रेजीमा सव टाइटल राखेर चलचित्रलाई हिन्दी , भोजपुरी र मैथिलीमा समेत डबिङको तयारीमा रहेको निर्माण पक्षले जनाएको छ । चलचित्रले गरिब,निमुखा दलितहरुले बोक्सी लगायतका उपनामले अन्याय सहन बाध्य र समाजको कलङको रुपमा रहेको समाजमा बोक्सा,वोक्सी छन्। भन्ने कुप्रथाको उन्मुलन गर्न यस चलचित्रले सन्देश दिएकाले सबैले फिल्म हेरिदिन आग्रह गरिएको छ ।