विराटनगरको दक्षिणी क्षेत्रका नागरिकद्वारा विकासको माग

<span class='c1'>विराटनगरको दक्षिणी क्षेत्रका</span> <span class='c2'>नागरिकद्वारा विकासको माग</span>

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकाको दक्षिणी क्षेत्रका स्थानीय बासिन्दाले विकासले छुन नसकेको भन्दै आक्रोश पोखरेका छन् । वडा नं १३, १४, १५, १६, १७ र १८ का बासिन्दाले आफुहरु विराटनगरको नागरिक नै नभएको जस्तो व्यवहार भएको भन्दै आक्रोश व्यक्त गरेका हुन्।

कार्यक्रममा बोल्दै दरैया बस्तीका एक युवाले वर्षेनी डुबानको समस्याले आफूहरू आक्रान्त भएको गुनासो गरे। उनले भने ‘हाम्रो क्षेत्रमा वर्षेनी डुबान हुन्छ तर समाधान हुन सकेको छैन, मेयर र उपमेयरलाई हामी चिन्दैनौं ।’

स्थानीय बासिन्दाहरूले विराटनगरका अन्य क्षेत्रमा सडक, शिक्षा र स्वास्थ्यमा विकास भइरहँदा दक्षिणी क्षेत्र किन विकास हुने सकेन ? भन्दै प्रश्न गरे। उनीहरूले पूर्वाधार विकासदेखि कृषि क्षेत्रसम्म सुधारको माग गरे। साथै लामखुट्टेको आतंकले समेत आफूहरू पीडित भएको तर महानगरले यसको नियन्त्रणमा कुनै पहल नगरेको गुनासो गरेका थिए।

स्थानीयको गुनासोको जवाफ दिँदै मेयर नागेश कोईरालाले यस पटक दक्षिणी क्षेत्रमा राम्रो विकास भएको दाबी गरे। योजना तथा शहरी विकास महाशाखाका प्रमुख अर्जुन थापाले पनि स्थानीयका प्रश्नहरूको जवाफ दिँदै आगामी दिनमा विकास निर्माणका कार्यहरूलाई तीव्रता दिने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्