विराटनगरमा बहस, बैंकमा पुराना ऋणीलाई पुरानै ब्याजदर

<span class='c1'>विराटनगरमा बहस, बैंकमा पुराना</span> <span class='c2'>ऋणीलाई पुरानै ब्याजदर</span>

विराटनगर । कर्जाको ब्याजदर एकल अंकलमा झरेपनि पुराना ऋणीहरुले बैंकको ब्याजदर पुरानै बुभाउनु परेको गुनासो बढेको छ । बैंकहरुको आधारदर र ब्याजदर घट्दा पनि कर्जा प्रवाह उत्साहजनक नभईरहेको बेला कतिपय ऋणीहरुले मारमा परिरहेको गुनासो गरेका हुन् ।

तरलता बढेर कर्जाको ब्याजदर एकल अंकमा बैंकहरु झारिरहेका छन् । असोजयता ब्याजदर घट्दो क्रम जारी छ । मंसिरका लागि बैंकहरुले व्यक्तिगत मुद्दीमा अधिकतम औसत ब्याजदर ५.९६ प्रतिशत बनाएका छन् । कार्तिकमा ६.१८ रहेको थियो ।
बैंकहरुले कर्जाको ब्याजदर घटाएपनि त्यहाँ भित्र पुरानो र नयाँ ऋणीको मापदण्ड कायम रहँदा पुरानाहरुलाई मार परिरहेको उद्योग संगठन मोरङका उपाध्यक्ष विकास बेगवानीको भनाई छ । उहाँका अनुसार बुझ्नेहरुले त्यसलाई परिमार्जन गराउन दवाव दिने र सुविधा लिईरहेको भएपनि समष्टिगत रुपमा बैंकहरुले ब्याजदर घटाउन नचाहेको भनाई छ ।

नयाँ ऋणीहरुलाई कम ब्याजदरमा कर्जा प्रवाह सुविधा दिईरहेको भएपनि पुरानाको अवस्था उस्तै हुँदा ऋण लिनेहरु नभएको बताइन्छ । उद्योगी पवन सारडाले ब्याजदर घटाएपनि सरकारको पूँजीगत खर्चको अवस्था कमजोर हुँदा त्यसको पूँजी चलायमान गर्ने अवसर सिर्जना भएको बताउनुहुन्छ । उहाँले बाहिर देखिएजस्तो ब्याजदर घटेको कथा बैंक भित्र प्रवेश गरेपछि देख्न नपाईने बताउनुभयो ।

ऋणीबीच नै विभेद हुने अवस्थाले बैंकसँगको विश्वास समेत साहुसँग जति मात्रै रहेको कतिपयको गुनासो छ । औद्योगिक क्षेत्रका उद्योगी–व्यवसायीले ब्याजदर र आधारदर न्यून भएको समयमा लिएको ऋण बढ्दा बेहोर्नु परेपछि घट्दा समेत उपभोग गर्न पाउनुपर्ने आवाज उठाउन थालेका छन् । एउटै प्रकृतिको कर्जामा एउटै बैंक भित्र दुई प्रकृतिको ब्याजदर हुनु मुनासिव नहुने उनीहरुको भनाई छ । बैंकहरुले पुराना ऋणीलाई दिने जवाफमा भने तरलता व्यवस्थापन गर्न कर्जामा प्रिमियम दर कम गरेको दिने गरेका हुन् । ऋणीहरुले भने आधारदर कायम राखिएपनि ब्याजदर घट्दा सहुलियत पाउनुपर्ने माग छ । नियामक निकायको कमजोर मनोविज्ञानले गर्दा बैंकरहरुले जहिल्यै पनि एकलकाँटे देखिएको आरोप उद्योगी–व्यवसायीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्