डाँडापाखामा गाँजाको बोट र बेर्ना खोज्दै प्रहरी

<span class='c1'>डाँडापाखामा गाँजाको बोट र</span> <span class='c2'>बेर्ना खोज्दै प्रहरी</span>

विराटनगर । धनकुटा जिल्लाको बिभिन्न स्थानमा प्रकृतिक रुपमा डाँडा पाखाहरुमा आफैँ उम्रेको गाँजाको बोट तथा बेर्नाहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरतग अबैध रुपमा लगाएका तथा आफैँ उम्रेका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अन्र्तगत इलाका प्रहरी कार्यालय छिन्ताङबाट परिचालन भएको प्रहरी टोलीले शहिदभूमी ५ को विभिन्न एरिया इलाकाको १३ रोपनी क्षेत्रफलमा उम्रिएको ९ हजार ३०० वटा गाँजाको बोट नष्ट गरेको छ ।

यसैगरी साँगुरीगढी ८ स्थितमा ५ रोपनी क्षेत्रफलमा उम्रिएको ७ हजार गाँजाको बोट इलाका प्रहरी कार्यालय भेडेटार र पाख्रीबास १ स्थितमा ६ रोपनी क्षेत्रफलमा रहेको ७ हजार बोट प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले फडानी गरी नष्ट गरेको छ भने शहिदभुमी २ को विभिन्न ठाँउहरुमा उम्रेका २ हजार ५०० बोट प्रहरी चौकी त्रिवेणीले र शहिदभुमी ६ को विभिन्न ठाँउहरुमा उम्रेका ८०० वटा गाँजाको बोट प्रहरी चौकी आँखीसल्ललाले नष्ट गरेको छ । डाँडा पाखाहरुमा आफैँ उम्रेको तथा अवैधरुपमा लगाएको गाँजाको बोट तथा बेर्नाहरु निरन्तर रुपमा प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्