विराटनगर-५ स्थित कुलरुवामा राधाकृष्णको मन्दिर निर्माण

<span class='c1'>विराटनगर-५ स्थित कुलरुवामा</span> <span class='c2'>राधाकृष्णको मन्दिर निर्माण</span>

विराटनगर । विराटनगर—५ स्थित कुलरुवामा राधाकृष्णको मन्दिर निर्माण हुने भएको छ ।

स्थानीयको सक्रियतामा निर्माण हुन लागेको मन्दिरको एक समारोहका बीच विराटनगर महानगरपालिकाका मेयर नागेशकोइरालाले उद्घाटन गर्नुभयो ।

शिद्धकाली स्कुल छेउमा रहेको जमिनमा मन्दिर निर्माण हुन लागेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइराला भाषा, धर्म, कला र संस्कृतिको जर्गेना गर्नुपर्नेमा जोड दिनुभयो । सबैलाई आआफ्ना भाषा, कला, धर्म र संस्कृतिको संरक्षण गर्न उहाँले आग्रह गर्नुभयो ।

सो अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, मोरङ प्रहरीका प्रमुख एसपी नारायण चिमरिया, नेकपा एमालेका नेता विनोद ढकाल, वडा नम्बर ५ का अध्यक्ष सन्तोष न्यौपाने, पूर्वअध्यक्ष मीनकुमार आचार्य, समाजसेवी उद्धव कोइराला, शिद्धकाली विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रामकुमार यादव, मन्दिर निर्माण समितिका अध्यक्ष शोभानन्द यादवलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । मन्दिरको शिलान्यास अघि कलशयात्रा निकालिएको थियो । कलशयात्राले वडाका विभिन्न स्थानको परिक्रमा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्