विराटनगरमा “स्व. शंकर लाल राठी अन्तर विद्यालय टेबल टेनिस प्रतियोगीता-२०८१” सुरु

<span class='c1'>विराटनगरमा “स्व. शंकर लाल राठी अन्तर</span> <span class='c2'>विद्यालय टेबल टेनिस प्रतियोगीता-२०८१”  सुरु</span>

विराटनगर । विराटनगर टेबल टेनिस क्लबको आयोजनामा संचालित "स्व. शंकर लाल राठी अन्तर विद्यालय टेबल टेनिस प्रतियोगीता-२०८१" सुरु भएको छ।

प्रतियोगीताको पहिलो दिन कक्षा ८-१० सम्मको जुनियर ब्वाइज सिङल्स इभेन्ट तर्फ सुशान्त मेहता, एभरेष्टकै सक्षम बस्नेत, लिलिपुटका श्रीजल प्याकुरेल र बुढानिलकण्ठका रुपेश श्रेष्ठ सेमिफाइनल प्रवेश गरे ।

त्यसैगरी कक्षा ६-७ सम्मिलित सब-जुनियर ब्वाइज सिङल्सतर्फ सेमिफाइनमा अरनिकोका आयुद्द भण्डारीले बुढानिलकण्ठका आयान श्रेष्ठलाई ११-७, ७-११, १३-११,११-९ सेट स्कोरले पराजित गर्दै फाइनल प्रवेश गरे । अर्को सेमिफाइनलमा बुढानिलकण्ठका आदर्श राजवंशीले आफ्नै विद्यालयका प्रेमराज थापालाई ११-८,११-६,१५-१३ सेट स्कोरले पराजित गर्दै फाइनल प्रवेश गरे ।

उद्घाटन समारोहको सभापतित्व विराटनगर टेबल टेनिस क्लबका अध्यक्ष बिकेन थापाले गरे। भने प्रमुख अतिथी विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले गरेका थिए । उद्घाटन समारोहमा राखेपका भूतपूर्व वरिष्ठ प्रशिक्षक ध्रुव क्षेत्री, अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष अनुज बाँनिया, नेपाल प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीन कुमार नवोदित श्रेष्ठ र स्व. शंकरलाल राठी का सुपुत्र प्रदिप कुमार राठीको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्