एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा विराटनगर र जनकपुरबीच हुने

<span class='c1'>एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन</span> <span class='c2'>खेलमा विराटनगर र जनकपुरबीच हुने</span>

विराटनगर । आगामी मसिंर १६ गतेदेखि हुने नेपाल प्रिमियर लिग(एनपिएल) को पहिलो खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच खेल हुने भएको छ ।

नेपाल क्रिकेट संघ(क्यान)ले सोमबार जारी गरेको खेल तालिका अनुसार उद्घाटन मंसिर १५ को दिन विराटनगरले जनकपुरको सामना गर्ने भएको हो ।

आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म काठमाडौंमा हुने एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेल मंसिर १५ गते मध्यान्ह १२ः१५ बजे सुरु हुनेछ । लिग सुरु भएको भोलीपल्ट मंसिर १६ गते उपनिर्वाचन रहेका कारण कुनै खेल हुने छैन । लिगको तेस्रो दिन मंसिर १७ गतेबाट लिग चरणको अन्तिम दिन पुस १ बाहेक हरेक दिन दुई खेल हुनेछ । दुई खेल भएका दिन बिहान ९ः१५ मा पहिलो तथा दिउँसो १ः१५ मा दोस्रो खेल हुनेछ ।

पहिलो क्वालिफायर र इलिमिनेटर खेल पुस ३ गते हुनेछ । पहिलो क्वालिफायरमा लिगको शीर्ष स्थानमा रहेको टोली तथा दोस्रो स्थानको टोलीबीचमा प्रतिस्पर्धा हुन्छ । यस खेलमा विजेता टोलीले फाइनलमा स्थान बनाउदा पराजित टोलीले फाइनल प्रवेशको फेरी मौका पाउनेछ ।

इलिमिनेटर खेलमा लिगमा तेस्रो र चौथो स्थानमा रहने टोलीबीच खेल हुन्छ । पराजित टोली प्रतियोगिताबाट बाहिरिदा विजयी टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ ।

पुस ४ मा दोस्रो क्वालिफायर खेल हुनेछ । पहिलो क्वालिफायरमा पराजित टोली र इलिमिनेटर खेलमा विजयी टोलीबीच फाइनल प्रवेशका लागि खेल हुनेछ । पहिलो क्वालिफायरको विजेता र दोस्रो क्वालिफायरको विजेताबीच पुस ६ गते पहिलो संस्करणको सिद्धार्थ बैंक एनपिएल उपाधीका लागि प्रतिस्पर्धा हुनेछ । फाइ खेल पुष ६ गते मध्यान्ह १२ः१५ बजे हुनेछ ।

यस्तो छ खेल तालिका :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्