‘मिस्टर एण्ड मिस लिटल कोशी’ प्रतियोगितामा भोटिङ विवाद भएपछि…

<span class='c1'>‘मिस्टर एण्ड मिस लिटल कोशी’</span> <span class='c2'>प्रतियोगितामा भोटिङ विवाद भएपछि…</span>

विराटनगर । मिस कोशी गराउँदै आएको जय मिडिया मेनेजमेन्ट प्रालिद्वारा आयोजित सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिता भोटिङमा धाँधली भएको आरोप लागेको छ । विराटनगरको सिटी प्यालेसमा शनिबार राती भएको फाइनल प्रतियोगितामा ७९ जना प्रतिस्पर्धी सहभागीता जनाएका थिए ।अभिभावकहरूका अनुसार भोटिङ एक दिन अगावै बन्द गर्नुपर्नेमा नगरिएको र फाइनलको दिन भोटिङमा शंका लागेपछि जाँच गर्न खोज्दा आईटी प्राविधिक भागेको आरोप छ । विशेषगरी तृतीय स्थानमा रहेकी सायरा दत्तलाई चौथो स्थानमा राखिएको विषयमा विवाद बढेपछि कार्यक्रमकै बीचमा जय मिडिया मेनेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले माफी माग्दै उनलाई तृतीय स्थानको घोषणा गरेका थिए।प्रतियोगितामा निर्णायकको नाम र हस्ताक्षर नभएको र विजेता हुनुपर्ने प्रतिस्पर्धीलाई पछि पारेर अन्यलाई अगाडि बढाउन खोजिएको अभिभावकहरूको गुनासो छ। एक भोटको मूल्य १० रुपैयाँ तोकिएको थियो। सहभागीहरूले सुरुमा ५०० र त्यसपछि १६ हजार रुपैयाँ शुल्क तिरेको अभिभावकहरूले बताएका छन् । शनिबार राती कार्यक्रम स्थलमा नै नाराबाजी समेत भएको थियो । त्यसको भोली पल्ट १ दर्जन भन्दा बढी अभिभावकहरुले जय मिडियाको कार्यालय नै घेराउ गरेका छन् ।विराटनगरको सेन्ट्रल मलभित्र रहेको जय मिडिया म्यानेजमेन्टको कार्यालयमा समेत धर्ना दिन पुगेका थिए । तर कम्पनीका कोही पनि प्रतिनिधी नभेटे्पछि आवर विराटनगरको माध्यमबाट प्रत्यक्ष प्रशारण गरेका थिए ।यता भोली पल्ट पुन:अभिभावकहरुले सोही कार्यालयमा भेट्न जाँदा चित्त बुझदो उत्तर नदिएपछि वडा प्रहरी कार्यालयमा छलफलका लागि लगेका गएका थिए ।झन्डै दुई घण्टा भन्दा लामो छलफलपछि कुनै निष्कर्ष ननिस्कीएपछि सोमबार वडा प्रहरी कार्यालय विराटनगरमा अभिभावक र आयोजकबीच छलफल भएको थियो। अभिभावकहरूले मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिने तयारी गरेका छन्। यसैबीच आयोजक संस्थाले आफ्नो फेसबुक पेजबाट गुनासो गर्ने अभिभावकहरूलाई ब्लक गरेको आरोप पनि लागेको छ । आयोजक संस्थाका अनुसार निर्णायकले निर्णय गरेको भिडियो रेकर्ड छ, तर हस्ताक्षर गर्न बिर्सिएको हो।संस्थाले आफैंले प्रशिक्षण दिने र ट्यालेन्ट हन्टमा निर्णायकको भूमिका पनि खेल्ने गरेको स्वीकार गरेको छ । संस्थाका अध्यक्ष जय राज रोयले आफुहरुबाट सामान्य भोटिङको क्रममा तलमाथी भएको हो, उनले स्वीकारेका छन्। प्राविधीक कारणले तलमाथी भएको हो तर नियतबस भएको हैन, हामीले तत्काल माफी पनि मागी सकेका छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्