बिराटनगरमा जारी क्रिकेट प्रतियोगितामा महेन्द्र मोरङ र डिग्री कलेज विजयी

बिराटनगरमा जारी क्रिकेट प्रतियोगितामा महेन्द्र मोरङ र डिग्री कलेज विजयी

२ माघ, विराटनगर ,  पूर्वाञ्चल क्रिकेट एकाडेमीको आयोजनामा विराटनगरको डिग्री कलेजको खेल मैदानमा जारी अन्तर कलेज २०–२० क्रिकेट प्रतियोगिता आइतबार भएको खेलमा महेन्द्र मोरङ र डिग्री कलेज विजयी भएका छन् ।

आज भएको पहिलो खेलमा महेन्द्र मोरङ कलेजले सिद्धार्थ कलेजलाई सुपर ओभरमा पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको महेन्द्र मोरङले निर्धारित २० ओभरको खेलमा १९ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय २१ रन बनाएको थियो । जस्मा मुकुन्द यादवले १६ रनको योगदान दिएका थिए । सिद्धार्थका म्यान अफ द म्याच मोती चौधरीलै ३ विकेट लिएका थिए ।

जवाफमा १ सय २२ रनको विजयी लक्ष्य पछ्याएको सिद्धार्थले निर्धारित ओभरमा ६ विकेट गुमाई १ सय २१ रन बनाएपछि खेलको निर्णय सुपर ओभरमा भएको थियो । सिद्धार्थका संदिप मण्डलले ३१ रन र मोती चौधरीले २३ रनको योगदान दिएका थिए । महेन्द्र मोरङका श्रवण भयादवले २ विकेट लिएका थिए । सुपर ओभरमा सिद्धार्थले पहिलो ब्याटिङ गर्दै ११ बनाएको छ भने महेन्द्र मोरङले १२ रन बनाएर खेल जित्यो ।

त्यैस गरी दोस्रो खेलमा डिग्री कलेजले सिटी कलेजकाई ४५ रनले पराजित गरी क्वाटर फाइनलमा प्रवेश गरेको छ । टस जिेतर ब्याटिङ गरेको डिग्री कलेजले निर्धारित २० ओभरमा ७ विकेट गुमाइ १ सय ३८ रनको योगफल तयार पारेको छ । जस्मा म्यान अफ द म्याच विकाश दासले ५४ र अजय राजवंशीले ३२ रनको योगदान दिएका थिए । सिटीका गोकुल धितालले २ विकेट लिएका थिए ।
जवाफमा १ सय ३९ रनको विजय लक्ष्य पछ्याएको सिटीले १५ दशमलन २ बलमा सवै विकेट गमाई ९३ बनाएको थियो । जस्मा प्रवेश पोखरेलले २९ रन बनाएका थिए । डिग्रीका अजय राजवंशी र विकाश दासले २–२ विकेट लिएका थिए ।
प्रतियोगिता अन्तरगत सोमबारको अन्तिम क्वाटरफाइनल खेल हिमालय दर्शन कलेज र डिग्री कलेज विच प्रतिस्पर्धा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्