मोरङको बुढीगंगामा मानव कंकाल भेटियो

<span class='c1'>मोरङको बुढीगंगामा मानव</span> <span class='c2'>कंकाल भेटियो</span>

विराटनगर । मोरङको बुढीगंगा ५ स्थित धानबारीमा बिहीबार बिहान स्थानीय किसानहरुले काम गर्ने क्रममा मानव कंकाल फेला परेका छ ।

बुढीगंगा गाउँपालिका–५ स्थित सांग्रिला चप्पल फ्याक्ट्री अगाडिको धान खेतमा धान काट्ने क्रममा स्थानीय महिलाहरुले मानव कंकाल फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीय उबेदा खातुनले लगाएको धान खेतमा छरपस्ट अवस्थामा कंकाल भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । कंकाल कसको र कति पुरानो हो भन्ने खुलेको छैन । घटनाको जानकारी पाउन साथ अनुसन्धानका लागि डीएसपी जोशी नेतृत्वको टोली घटनास्थलमा पुगेर अनुसन्धानलाई अगाडी बढाएको छ ।

यसैगरी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको टोली र कोशी अस्पताल विराटनगरका फरेन्सिक विज्ञ डा.ज्वाला कँडेल सहित प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ । तत्काल नाम, थर, वतन तथा लिंग नछुट्टिएको कंकाल फेला परेको घटना स्थलमा पुगेका प्रवक्ता जोशीले जानकारी दिए । जंगली जनावर र कुकुरले खाएजस्तो देखिने मान्छेको टाउको, हात र खुट्टासहितको कंकाल खुट्टामा निलो ‘ टाउजर ’ लगाएको अवस्था भेटिएको हो ।

घटनास्थलबाट कंकाललाई परीक्षणका लागि कोशी अस्पतालमा ल्याएर थप कुरा बाहिर आउने प्रहरीले जनाएको छ । यद्यपी मोरङले भने घटनाबारे सक्ष्म अनुसन्धान थालेको छ । उता धानबारीमा मानव कंकाल भेटिएसंगै स्थानीयबासी भने त्रसित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्