‘वान प्लस यातायात प्राली’को अध्यक्षमा अधिकारी

<span class='c1'>‘वान प्लस यातायात</span> <span class='c2'>प्राली’को अध्यक्षमा अधिकारी</span>

विराटनगर । विराटनगरदेखी काठमाडौं संचालन भईरहेको ‘वान प्लस यातायात प्राली’ संचालन समितिको अध्यक्षमा भीम अधिकारी चयन भएका छन् ।

त्यसैगरी संचालन समितिको सचिवमा मोहन भट्टराई (ज्योति), कोषाध्यक्षमा उत्तर लामा रहेका छन् ।

यस्तै संचालन सदस्यहरुमा घनेन्द्र विष्ट, जनक खनाल (जीवन), विकास ढकाल, मनोज सिंह राई, टिका प्रसाद श्रेष्ठ, दिपक नेपाल, नवराव पोखरेल र बृजु महतो रहेका छन् । विराटनगरबाट पहिलो पटक ‘एयर सस्पेन्सन सहितको सुतेर जाने बस काठमाडौंका लागि दशैँदेखी संचालनमा आएको हो ।

वान प्लस यातायात प्रालिले विराटनगरदेखी काठमाडौंका लागि २ वटा ‘वान प्लस एयर बस एसी’ संचालनमा ल्याइएको संचालक समितिका अध्यक्ष भीम अधिकारीले जानकारी दिए ।

स्लिपर बसमा नि:शुल्क पिउने पानीको सुविधादेखी सुविधायुक्त सोफा सिट , जाडोमा ओढेर जाने ब्लाङकेट, फ्रि वाईफाई , फष्ट एडका औषधीहरु उपलब्ध रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्